प्राविधिक सहसचिव झाले १५ वर्ष जागिर बाँकी छदै पेन्सन पकाएर हिँडे
काठमाडौं। प्राविधिक सहसचिव प्रभातकुमार झाले १५ वर्ष जागिर बाँकी छदै पेन्सन पकाएर राजीनामा दिएर हिँडेका छन्। २०३८ साल भदौ २० गते जन्मिएका झा अहिले ४५ वर्षका भए। उनी अवकाशमा जाने बेलासम्ममा उमेर हद ६० वर्ष पुगिसक्छ। तर, १५ वर्ष जागिर छदै इन्जिनियरिङ समूहका सहसचिव झाले राजीनामा दिएका हुन्।
२०६३ सालमा सरकारी जागिरमा प्रवेश गरेका झा २० वर्ष पुगेलगत्तै राजीनामा दिएर हिँडेका छन्। सचिव हुन आवश्यक पर्ने (एसईडिपी) तालिम सकेलगत्तै राजीनामा दिएर उनी हिँडेका हुन्।
सडक विभागका उपमहानिर्देशक झा मधेशी कोटाबाट २०७७ असारमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहको सहसचिवमा भएका थिए। सप्तरीका झाले सरकारी जागिरमा ‘रस नबसेको’ भनेर २० वर्ष पर्खिरहेका थिए। २० वर्ष पुग्नसाथ उनले जागिर छाडेका हुन्। सहसचिव झाले जागिर छाड्ने मनस्थिति बनाएको लामो समय भइसकेको सहकर्मीहरू बताउँछन्। मन नलागी-नलागी काम गरेर बस्नुभन्दा बाटो छाड्नु नै स्वयं व्यक्ति र देशलाई पनि फाइदै हुने देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रभातकुमार झा


तपाईको प्रतिक्रिया दिनुहोस