लागूऔषध दुव्र्यसन विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइयो (फाेटाे फिचर)
काठमाडौं । लागूऔषध दुव्र्यसन तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न संघसंस्थाले र्याली, अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम र प्रतिबद्धता सभाको आयोजना गरेका छन्।
संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन २६ मा मनाइने यस दिवसको उद्देश्य लागूऔषध दुव्र्यसन तथा अवैध ओसारपसारका सामाजिक, स्वास्थ्य र आर्थिक असरबारे जनचेतना अभिवृद्धि गर्नु तथा यसको रोकथामका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु रहेको छ।









तपाईको प्रतिक्रिया दिनुहोस