कीर्तिपुर होल्डिङ सेन्टरबाट पक्राउ परे भोजपुरका ‘सुकुम्बासी’ तामाङ
काठमाडौं। भोजपुर जिल्ला अरूण गाउँपालिका वडा नम्बर १ खानीगाउँका डम्बर बहादुर तामाङ कीर्तिपुरको होल्डिङ सेन्टरबाट पक्राउ परेका छन्। गाउँमा पढ्दा पढ्दै काठमाडौं छिरेर सुकुम्बासी बनेका तामाङ खुकुरी लिएर सिंहदरबार छिर्ने अभिव्यक्ति दिएपछि पक्राउ परेका हुन्।
३९ वर्षीय तामाङलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई बताउँछन्। भोजपुरको याङपाङमा जन्मिएका तामाङ वास्तविक सुकुम्बासी हुन् कि हैनन् भनेर पहिचान गर्न त्यहीँ असहज देखिँदैन। पछिल्ला अभिव्यक्ति नै निकै भाइरल भएको भिडिओ रचना प्राथमिक विद्यालय देउरालीमा पढ्दाका सहपाठीहरूले सेयर गरिरहेका छन्। अमेरिकामा बस्ने साथीले समेत हालखबर बुझ्न तामाङलाई म्यासेन्जरमा कल गरेको सुनाउँछन्।
उनै तामाङलाई रिहा गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राजनीतिक सुरू गरेको छ। एउटा अभिव्यक्तिले पक्राउमा परेका तामाङलाई उक्त पार्टीले राजनीति गरेर गाउँमा रहेको घरमा पुऱ्याइदिने खतरा देखिन्छ। उक्त पार्टीले तामाङलाई ‘एक्सपोज’ गरेर गाउँमा भएको सम्पत्ति समेत देखाइदिने वातावरण तयार पारिदिएको छ। तामाङको रिहाभन्दा पनि गाउँ फर्क अभियान चलाउन चाहिँ उक्त पार्टीले भूमिका खेलिरहेको भान हुन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस