ई-पासपोर्ट प्रकरणमा अख्तियारको हिरासतमा रहेका अर्यालसहितका प्रतिवादी धरौटीमा रिहा


काठमाडौं। ई-पासपोर्ट भ्रष्टाचार प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका तीर्थराज अर्यालसहितका प्रतिवादी धरौटीमा रिहा भएका छन्। विशेष अदालतले अर्यालसहित सुनलिकुमार केसी, सोमेश थापा, विपिन प्रसाइ र मनिन्द्र मल्लालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले आर्यालसँग पाँच लाख, केसीसँग चार लाख, थापासँग तीन लाख, विपिन प्रसाईंसँग तीन लाख, मल्लसँग पाँच लाख धरौटी मागेको छ। लेखा अधिकृत तुलसीप्रसाद आचार्य र कानुन उपसचिव राजाराम दाहाललाई भने साधारण तारेखमा रिहा गर्न विशेष अदालतले आदेश दिएको हो। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले केही प्रतिवादीलाई धरौटी त केहीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

ई-पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले अर्याललगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको थियो। भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका उनीहरू धरौटीमा रिहा भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ