त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. थापा, यी हुन् ७ विश्वविद्यालयका उपकुलपति
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बानेश्वर निवासी थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन्। थापा काठमाडौं विश्वविद्यालयको उपकुलपति चलाइसकेका प्राध्यापक हुन्।
बालेनले त्रिभुवन विश्वविद्यालयसहित ७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेका छन्। बालेनले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सुजन बाबु मरहट्टा, पोखरा विश्वविद्यालयको उपकुलपतिमा देवेन्द्र अधिकारी, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल, सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट, कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा ऋषिराम कट्टेल र राजर्षी जनक विश्वविद्यालयको उपकुलपतिमा श्यामनारायण लाभलाई नियुक्त भएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस