सर्वोच्चका रजिष्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस
काठमाडौं। सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिक लागिसिफारिस भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले बैठकले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको हो। ५७ वर्ष पुग्न लागेका कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरिएको हो।
त्यस्तै निर्वाचन आयोगका रिक्त दुई आयुक्तमा डा. राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको छ। सुब्बा पूर्वडीआईजी हुन्। ओखलढुंगा वाग्ले सरकारी वकिल उपन्यायाधिवक्ता (उपसचिव) सरहको पदबाट अवकाश भएका कर्मचारी हुन्। बहालवाला रजिष्ट्रारदेखि पूर्वउपसचिवसम्म निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिस भएका छन्।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अवकाश पाएपछि रामप्रसाद भण्डारीले कार्यवहाक प्रमुख निर्वाचन आयुक्तको भूमिकामा काम गरिरहेका थिए। उनले पनि उमेर हदका कारण केही दिनभित्रै अवकाशमा जाँदैछन्। ईश्वरीप्रसाद पौडेल घर गएको लामो समय भइसकेको छ। संवैधानिक परिषद्ले रिक्त प्रमुख आयुक्त र दुई आयुक्त पदमा नियुक्तका लागि सिफारिस गरेको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस