दश वर्षदेखि अमेरिका पलायन भएकी शिक्षा मन्त्रालयको अधिकृत पौडेल बर्खास्त
काठमाडौं। दश वर्षदेखि अमेरिका पलायन भएकी शाखा अधिकृत श्यामला पौडेल बर्खास्त भएकी छिन्। शिक्षा तथा खेलकुद मन्त्रालयले उनलाई सेवाबाट बर्खास्त गरेको छ। लोक सेवा आयोगसँग परामर्श लिएर मन्त्रालयले शाखा अधिकृत पौडेललाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएको हो।
दश वर्षदेखि अमेरिका पलायन भएकी शाखा अधिकृत श्यामलालाई ३५ दिनको सफाइको म्याद दिंदा पनि चित्त बुझ्दो स्पष्टीकरण नदिएपछि सरकारले सेवाबाट बर्खास्त गरेको हो। यस्ता पलायनवादी कर्मचारीले सरकारले भटाभट बर्खास्त हान्न थालेको छ।


तपाईको प्रतिक्रिया दिनुहोस