सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव तिवारी, सदस्यमा अर्याल र गौतम


काठमाडौं। सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा सुशील चन्द्र तिवारीलाई नियुक्त गरेको छ। १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसचिव तिवारीलाई सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा नियुक्त गरेको हो।

सिंचाई सचिवबाट अवकाश पाएका तिवारी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनित भएका थिए। उनै तिवारी सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा नियुक्त भएका हुन्।

सार्वजनिक खरिद पुनरावलोकन समितिको सदस्यमा पूर्व सहसचिवद्वय महेश अर्याल र थानेश्वर गौतम नियुक्त भएका छन्। अर्याल इन्जिनियरिङ पृष्ठभूमिका हुन् भने गौतम लेखा पृष्ठभूमिका हुन्। यसअघि रघुराम विष्टसँगै पदमुक्त भएका गौतम फेरि उही पदमा नियुक्ति खान सफल भएका छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ