पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको तयारी
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी भएको छ। उक्त मुद्दा दर्ताको प्रक्रिया अघि बढि सकेकाे खुलेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पोडेलविरूद्ध अनुसन्धान सकेर विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने भएको हो। उक्त प्रतिवेदनमा टेकेर विशेष सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्नेछ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै सरकारी वकिलको कार्यालयमा पूरक अभियोजन दर्ता गर्ने तयारी भएको अधिकारीहरू बताउँछन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको क-कसलाई प्रतिवादी बनाइएको हो खुल्न सकेको छैन।पूर्वअर्थमन्त्री पौडेलविरुद्ध यही हप्ता सम्पत्ति शुद्धीकरण मुद्दा दायर हुने सम्भावना बढेको हो। पौडेल अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका छन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस