प्रधानमन्त्री कार्यालयका सहसचिव भुसाल बन्धु अर्थमा सरूवा
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ३ सहसचिवको सरुवा भएको छ। स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयका सहसचिवहरू यमलाल भुसाल र भीष्मकुमार भुसालको अर्थ मन्त्रालय वा अन्तर्गत सरूवा भएको हो। उक्त सूचीमा सहसचिव हेमराज अर्यालको पनि नाम रहेको स्रोतको दाबी छ। तर उक्त सूचीबाट अर्यालको नाम हट्ने सम्भावना बढेको छ। सहसचिवहरुको उक्त सरूवा सूची सार्वजनिक भइसकेको छैन। आन्तरिक राजस्व विभाग र भन्सार विभाग निमित्तका भरमा चलिरहेका बेला भीष्मकुमार भुसाललाई अर्थ पठाइएको हो। उनलाई एउटा विभागको कमाण्ड दिने प्रवल सम्भावना छ।
सरकारले एक दर्जन बढी सहसचिवको सरूवा गरेको छ। अघिल्लो मन्त्रिपरिषद्को बैठकले ठूलो संख्यामा सहसचिवको सरूवा गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका केही सहसचिवको समेत सरूवा गरिएको चर्चा छ। उक्त सूची सम्भवतः सोमबार सार्वजनिक हुनेछ।
सरकारले महालेखा नियन्त्रक शोभाकान्त पौडेललाई पनि मधेश प्रदेश सरूवा गरेको बताइन्छ। मधेश प्रदेशका कायममुकायम प्रमुख सचिव कमलप्रसाद भट्टराईको ६ महिना पूरा भएपछि प्रमुख सचिवमा पौडेललाई पठाइएको चर्चा छ। पौडेल कम अवधि प्रदेश बस्ने र संघमा रहेका प्रशासन सेवामा सबैभन्दा कनिष्ठ सचिव हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस