प्रदेशमा हाजिर नगरी करिब ६ महिनापछि संघमै सरुवा मिलान


काठमाडौं । तत्कालीन सरकारले प्रमुख कन्सल्टेन्ट आयुर्वेदविज्ञ (११ तह) रामआधार यादवलाई मधेश प्रदेशको प्रदेश स्वास्थ्य सचिवमा सरुवा गरेको भए पनि उनी उक्त पदमा कहिल्यै हाजिर भएका छैनन् ।

मन्त्रिपरिषद्को २०८२ माघ २ गतेको निर्णयअनुसार यादवलाई मधेश प्रदेशको स्वास्थ्य सचिवमा सरुवा गरिएको थियो। तर, सरुवा भएको करिब ५ महिना २० दिनसम्म पनि उनले खटाइएको स्थानमा गई जिम्मेवारी सम्हालेनन्।

सोमबार सरकारले गरेको सहसचिवस्तरको सरुवामा यादवलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत संघमै सरुवा गरिएको छ। सरुवा सूचीमा उनलाई मधेश प्रदेशका सचिवबाट सरुवा गरिएको उल्लेख गरिएको भए पनि उनी हालसम्म प्रदेश सचिवका रूपमा हाजिर हुन नगएको स्रोतको दाबी छ। हाल मधेश प्रदेशको स्वास्थ्य सचिवका रूपमा डा. प्रमोद यादव कार्यरत छन्।

यस घटनाले सरकारको सुशासन र स्वास्थ्य मन्त्रीको कर्मचारी व्यवस्थापन कार्यशैलीमाथि प्रश्न उठेको छ । खटाइएको स्थानमा हाजिर नभएको कर्मचारीलाई आवश्यक कारबाही गरी जिम्मेवारीमा पठाउनुपर्नेमा त्यसो नगरी पुनः मन्त्रीले संघमै सरुवा गरिएको विषयलाई लिएर आलोचना भइरहेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको संरक्षणका कारण यादव प्रदेशमा हाजिर हुन गएनन् । खटाएको स्थानमा पठाउँनुको साटो मन्त्रीले मिलाइदिन्छु भन्दै तीन महिना देखि मन्त्रालयमै राख्दै आएकी थिइन् । सरकारले मधेश प्रदेशको सचिव रामाआधार साह भनेपनि त्यहाँ स्वास्थ्य सचिव डा प्रमोद यादव छन् । यस्तो विषयमा प्रधानमन्त्री कार्यालय सचेत र गम्भिर बन्नुपर्छ । कसैलाई खटाएको स्थानमा २४ घण्टा भित्र नपुगे कारबाही गर्ने आफ्नो भए ६ महिना सम्म हाजिर समेत हुन नजाने अवस्थाको अन्त्य हुनुपर्छ । सुरु देखिनै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीको कार्यशैली नातावाद र क्रिपावादमा लिप्त भएकाले उनलाई थप जबाफदेही बनाउन आवश्यक देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ