युवतीलाई ‘गोप्य अङ्ग’ देखाउने शिक्षा अधिकृत सुरेन्द्र भट्ट पक्राउ


काठमाडौं। युवतीलाई ‘गोप्य अङ्ग’ प्रदर्शन गर्ने शिक्षा अधिकृत सुरेन्द्र भट्ट पक्राउ परेका छन्। नेपाली सेना जङ्गी अड्डामा काम गर्ने शिक्षा अधिकृत भट्टलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो।

आइतबार साँझ अधिकृत भट्टले अश्लिल हर्कत गरेको पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन्। त्यसपछि उक्त भिडिओ भाइरल भएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार शिक्षा अधिकृत भट्टलाई पक्राउ गरेको हो।

गल्लीमा एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ। त्यसपछि उनले हिम्मत गरेर आफ्नो स्मार्ट फोन मार्फत भिडियो खिच्दै फलो गरिन् र पक्राउ गरिदिन आग्रह गरिन्। अर्का यात्रुले आरोपीलाई नियन्त्रणमा लिएपछि पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको भिडियोमा देख्न सकिन्छ । पीडितले दिएको निवेदनको आधारमा प्रहरी प्रभाग इमाडोलले त्यसबारे अनुसन्धान थालेको थियो। प्रहरीले शिक्षा अधिकृत नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको हो।

बैतडीका भट्ट परिवारका सदस्यहरू सरकारी सेवाको उच्च तहमा कार्यरत छन्। उनीहरूलाई समेत यिनको हर्कतले लज्जित बनाएको छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ