राष्ट्रिय कितावखाना र कर्मचारी सञ्चय कोषबीच प्रणाली अन्तर-आवद्वताको समझदारी
काठमाडौं। राष्ट्रिय कितावखाना र कर्मचारी सञ्चय कोषबीच प्रणाली अन्तर-आवद्वता गर्ने समझदारी भएको छ। अब दुबै निकायको प्रणाली बिच सूचना आदान प्रदान हुने ती नीतिगत बाटो खुलेको हो। यसबाट कर्मचारीको सेवा सुबिधा व्यवस्थापन गर्ने दुइ मुख्य निकायको प्रणाली बिच अन्तर-आवद्वताको (interoperability) बिस्तार हुने देखिन्छ। प्रणालीको अन्तरआवद्वताबाट राष्ट्रिय कितावखानाको अनुहारविहीन सेवाहरु थप गुणात्मक एवम बिस्तारित हुनेछन्।
दुबै निकायका संयुक्त प्राविधिक टिमले ‘एपीआई’ विकासकास गरिसकेपछि कितावखानाका सन्दर्भमा मुख्यतया दुइवटा सुविधा बिस्तार हुने महानिर्देशक श्रवण कुमार पोखरेलले जनाएका छन्।
प्रणालीगत अन्तर-आवद्वताको विकासपछि नयाँ नियुक्त कर्मचारीको मोबाईलमा शिटरोल दर्ता र संकेत नम्वरको जानकारी साथै सञ्चय कोषको नम्वर पनि स्वत: सिर्जना भई जानेछ। ई- पेन्सन सेवाको प्याकेजमा सन्चयकोष वापतको रकम पनि समावेश हुनेछ। अर्थात ई – पेन्सनसँगै निबृत्त कर्मचारीको खातामा सञ्चय कोष वापतको रकम पनि ट्रान्स्फर हुनेछ। समझदारी पत्र (एमओयू) मा विभागका महानिर्देशक श्रवण कुमार पोखरेल र सञ्चय कोषका तर्फबाट निमित्त प्रशासक जीवनकुमार कटुवालले हस्ताक्षर गरेका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस