प्रशासकीय अदालतबाट थमौती भएका श्रमका उपसचिव जोशी पुगे अछाम
काठमाडौं। प्रशासकीय अदालतबाट थमौती भएका श्रम मन्त्रालयका उपसचिव लवराज जोशी अछामको कमलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई कमलबजारको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो। हाल श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक रहेका जोशी अछामको स्थानीय तहमा सरूवा भएका हुन्।
उपसचिव जोशी गत पुसमा श्रमबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका थिए। वैदेशिक रोजगार विभागको निर्देशनबाट तानेर उनलाई सामान्यको अतिरिक्तमा राखिएको थियो। त्यसपछि सरूवा बदरको निवेदन लिएर उनी प्रशासकीय अदालतमा पुगेका थिए। प्रशासकीय अदालतको आदेशपछि उनको उपसचिव जोशीको श्रममै थमौती भयो। त्यसपछि स्वास्थ्य परीक्षण ठगीसम्बन्धी अनुसन्धान कार्यदलको संयोजकको रूपमा समेत भूमिका निर्वाह गरेर प्रतिवेदन बुझाएको भनिएका जोशी प्रतिवेदन हराएपछि निकै चर्चामा आए। अहिले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा व्यवस्थापन भएका जोशी अछामको कमलबजार नगरपालिकामा पुगेका छन्। उनी भानुभक्त जोशी सामान्य प्रशासन मन्त्री हुँदा निजी सचिवको भूमिकामा थिए।

जोशीसँगै सरूवा भएका उपसचिव उपेन्द्रराज पौडयाल युवा, श्रम तथा रोजगार मन्त्रालयको गुनासो सुन्ने अधिकारीको भूमिकामा छन्। वैदेशिक रोजगार विभागबाट गृह मन्त्रालय सरूवा भएका पौड्याल जोशीसँगै प्रशासकीय अदालतबाट सरूवा बदर गराएर श्रममै बसिरहेका हुन्। श्रम मन्त्रालयमै व्यवस्थापन भएका उपेन्द्र क्यानडाका राजदूत भरतराज पौड्यालका सहोदर भाइ हुन्।
क्याटेगोरी : समाचारट्याग : #लवराज जोशी


तपाईको प्रतिक्रिया दिनुहोस