प्रेस काउन्सिलमा चार सदस्य नियुक्त


काठमाडौं। सरकारले नेपाल प्रेस काउन्सिलमा चार जना सदस्य नियुक्त गरेको छ। सरकारले उपासना घिमिरे, नम्रता शर्मा, रविराज बराल र प्रकाश माथेमा काउन्सिलको सदस्यमा नियुक्त गरेको हो। माथेमा फोटो पत्रकार हुन्।

काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले बुधबार आयोजित एक समारोहबीच नवनियुक्त सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथ ग्रहणलगत्तै उनीहरूको स्वागत तथा परिचयात्मक कार्यक्रमसमेत सम्पन्न भएको थियो। नवनियुक्त चारै सदस्यले पदभार ग्रहण गरेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ