पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन, ललितपुरमा हुन लाग्यो साढे २ वर्ष 


काठमाडौं। पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेको छ। पोखराका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल काठमाडौं महानगरपालिकामा सरुवा भएपछि पोखरामा उक्त पद खाली भएको हो।

अर्याल सहसचिव भएको छोटो समयमै पोखरा र काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका छन्। अर्याललाई काठमाडौं महानगरपालिकामा ल्याएपछि सरकारले पोखरामा अर्को कार्यकारी पठाएको छैन।

ललितपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठको अवधि २ वर्ष पूरा भइसकेको छ। २०८१ बैशाखमा ललितपुरको प्रमुख प्रशासकीय अधिकृत भएर गएकी रेखा साढे दुई वर्षदेखि उक्त कार्यालयमा कार्यरत छिन्। उनको अवधि पुगिसकेकाले सरकारले एकसाथ पोखरा र ललितपुरको प्रमुख प्रशासकीय अधिकृत पठाउन सक्ने सम्भावना छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ