गृहसचिव श्रेष्ठ गए अवकाशमा
created by InCollage
काठमाडौं। गृहसचिव राजकुमार श्रेष्ठ अनिवार्य अवकाशमा गएका छन्। सचिवको ५ वर्षे सेवा अवधि पूरा गरेर उनी अनिवार्य अवकाशमा गएका हुन्।
२०७८ भदौ १६ गते सचिवमा बढुवा भएका श्रेष्ठ अवकाशको उमेर बाँकी हुँदै घर गएका छन्। विद्यालय निरीक्षकबाट जागिर सुरू गरेका श्रेष्ठ गृहसचिवबाट घर गएका हुन्। सचिवमा बढुवा भएपछि श्रेष्ठ कर्णाली प्रदेशको प्रमुख सचिव, लोक सेवा आयोगको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै गृहसचिव बनेका थिए। ८ महिना गृहसचिवको जिम्मेवारी सम्हालेर उनी अवकाशमा गएका छन्।
सरकारले नयाँ गृहसचिवमा केदारनाथ शर्मालाई पठाइसकेको छ।
क्याटेगोरी : समाचारट्याग : #राजकुमार श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस