यस्तो विपदमा स्वास्थ्यमा जनस्वास्थ्यकै नेतृत्व चाहिन्छ:पुर्व महानिर्देशक
काठमाडौं । जनस्वास्थ्यविद् डा. राजेन्द्र पन्तले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पब्लिक हेल्थको नेतृत्वमा संकट पैदा भएको बताएका छन्।
विपद्का बेला आवश्यक पर्ने पब्लिक हेल्थ र यसको गुरु योजना बनाउने उनीहरूकै नेतृत्व नहुनु दुखद पक्ष भएको बताए। विपदमा पब्लिक हेल्थको नेतृत्व नहुँदा स्वास्थ्य क्षेत्रले आवश्यक निर्णय लिन नसक्ने र अहिले त्यहीँ भएकाे स्पस्ट पारे ।
मन्त्रालयमा पब्लिक हेल्थका जनशक्ति नै पर्याप्त नरहेकाले विपद्को जोखिम पहिचान, पूर्वतयारी र प्रभावकारी स्वास्थ्य प्रतिक्रिया कमजोर बनेको टिप्पणी गरे।
विपद्का बेला उपचार मात्रै नभई रोगको जोखिम, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, पोषण र समुदायमा पर्न सक्ने दीर्घकालीन असरको विश्लेषण गर्न पब्लिक हेल्थ जनशक्ति आवश्यक पर्ने उनको भनाइ छ। तर स्वास्थ्य मन्त्रालयमै जनस्वास्थ्य विज्ञ तथा आवश्यक जनशक्ति नहुँदा विपद्को समयमा तत्काल निर्णय गर्ने र समन्वय गर्ने क्षमता कमजोर देखिदै गएको उनको बुझाइ छ । ‘आफैं बेवारिसे बनेको स्वास्थ्य मन्त्रालयले विपद्का बेला आवश्यक निर्णय गर्न सक्दैन,’ डा. पन्तले भने। अहिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्राालय आफै टहराकाे सहारामा चलिरहेको छ । पानी पर्दा काम छाडेर बस्नुपर्ने अवस्था छ ।
क्याटेगोरी : Videos, समाचारट्याग : #@balensha, ##dr rajendra panta, ##mohp nepal, ##swasthyalivenews


तपाईको प्रतिक्रिया दिनुहोस