विपद् पछि कस्तो मानसिक समस्या देखा पर्छ ?


बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले घर–परिवार, आफन्त, सम्पत्ति र सुरक्षित जीवन गुमाउने अवस्था सिर्जना गर्न सक्छ। यस्तो अवस्थामा मानिसमा डर, तनाव, चिन्ता, निराशा, निद्रामा समस्या तथा भावनात्मक असहजता देखिन सक्छ। कतिपय अवस्थामा विपद्को अनुभव लामो समयसम्म मानसिक स्वास्थ्यमा असर पार्न सक्छ।

यस भिडियोमा मानसिक स्वास्थ्य विशेषज्ञ डा. बासुदेव कार्कीसँग विपद्पछि देखिन सक्ने मानसिक तथा भावनात्मक असर, त्यसबाट सुरक्षित रहने उपाय र प्रभावित व्यक्ति तथा परिवारलाई आवश्यक पर्ने मनोसामाजिक सहयोगबारे कुराकानी गरिएको छ।

क्याटेगोरी : Videos, समाचार
ट्याग : ##डा. बासुदेव कार्की#swasthya live

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ