तामाङ समुदायबाट प्रशासन सेवामा रहेका सचिव-सहसचिव
काठमाडौं। तामाङ समुदायबाट नेपाल प्रशासन सेवाको उच्च तहमा ४ जना कर्मचारी रहेको पाइन्छ। उक्त समुदायबाट सचिवमा रूद्रसिंह तामाङ रहेका छन्। त्यस्तै सहसचिवमा आस्मान तामाङ, हेमराज तामाङ र दिलकुमार तामाङ रहेका हुन्।
तामाङ समुदायबाट नेपाल प्रशासन सेवाको सचिव बन्ने पहिलो व्यक्ति रुद्रसिंह हुन्। उनी सचिवमा बढुवा भएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन्। सचिव बढुवा भएपछि रूद्रसिंहको सीधै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन भएको हो।
तामाङ समुदायबाट सहसचिव रहेका आस्मान अहिले कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन्। हेमराज तामाङ युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव र दिलकुमार तामाङ बाँकेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुन्।
सचिव रहेका रुद्रसिंहले उपसचिवमा मात्र आरक्षण लिएका हुन्। त्यस्तै दिलकुमारले पनि उपसचिवमा आरक्षण लिएका छन्। आस्मानले सहसचिवमा आरक्षण लिएका हुन्। हेमराजले शाखा अधिकृत, उपसचिव र सहसचिव तीनवटै पदमा आरक्षण लिएका छन्। तामाङ समुदायबाट निजामती प्रशासनमा सशक्त उपस्थिति रहेको देखिन्छ।
रुद्रसिंह नुवाकोट, आस्मान काभ्रेपलाञ्चोक, हेमराज भोजपुर र दिलकुमार पाँचथरका तामाङ हुन्।
क्याटेगोरी : समाचारट्याग : #आस्मान तामाङ, #दिलकुमार तामाङ, #रूद्रसिंह तामाङ, #हेमराज तामाङ


तपाईको प्रतिक्रिया दिनुहोस