पत्नी निकितालाई साथमा लिएर रवि लामिछाने भारत प्रस्थान
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई साथमा लिएर भारत भ्रमणमा निस्किएका छन्। तीनदिने भ्रमणका लागि पश्चिम नेपाल हुँदै रवि दम्पति भारततिर प्रस्थान गरेका हुन्। भारतको धार्मिक भ्रमणमा रवि दम्पतिका साथ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल पनि रहेकी छिन्।
पश्चिम नेपालबाट भारततिर प्रस्थान गरेका रवि पूर्व तिर पुग्ने कार्यक्रम छ। भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
आजबाट सुरू भएको भारतको तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सकेर स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।


तपाईको प्रतिक्रिया दिनुहोस