बीपी प्रतिष्ठानका पदाधिकारी काठमाडौंमा, के पाक्दैछ होटल मनास्लुमा ?


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी काठमाडौं आएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बीपीमा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकाल्नेबित्तिकै बीपीका तीनैजना पदाधिकारी काठमाडौं आएका हुन् ।

बीपीका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरू खनाल र अस्पताल निर्देशक डा. गौरी शंकर शाह लाजिम्पाटको र्याडिसन होटलसँगै रहेको मनास्लु होटलमा बसेका छन् ।

बीपीका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी अख्तियारले भ्रष्टाचार मुद्दा लगाउने सुइको पाएपछि राजीनामा दिएर बाटो तताएका छन् । तर, उनी पनि महत्त्वपूर्ण निर्णयमा संलग्न भएर अनियमितता गरेको अख्तियारको प्रारम्भिक निष्कर्ष छ । अख्तियारले बयान लिने तयारी गरिरहेको अवस्थामा बीपीका पदाधिकारी हुल बाँधेर काठमाडौं आउनुलाई निकै चासोका साथ हेरिएको छ ।

उपकुलपति गिरीले आफूलाई कसैले केही गर्न नसक्ने र सबैलाई मिलाइसकेको दाबी गरेको मनास्लु होटलमा रहेका उनी निकट एक व्यक्तिले स्वास्थ्य लाइभलाई सुनाए । गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राध्यापकको प्रमाण पत्र पेश गर्न निर्देशन दिएको थियो । तर उनले प्राध्यापकको उपाधि पाएको प्रमाण पेश गर्न सकेनन । गिरीले प्राध्यापकको उपाधि पेश गर्न नसकेपछि सरकारले उनलाई सिनेट बोलाएर बर्खास्त गर्ने तयारी गरेको छ । सबै कुरा मिलाउने भन्दै उपकुलपति गिरी विगत तीन दिनदेखि काठमाडौंमै दौडधुुपमा छन् ।

उपकुलपति गिरीसहितका बीपीका पदाधिकारीले होटल मनास्लुमा डेरा जमाएर कुरा मिलाउन र अख्तियारलाई प्रभावमा पार्न विभिन्न शक्ति केन्द्र धाइरहेको विश्वस्त स्रोतले स्वास्थ्य लाइभलाई जानकारी दिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com