चीनबाट बुधबार दश लाख डोज खोप आउँदै


काठमाडौं । चीनबाट दश लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप बुधबार आउने भएको छ ।

सरकारले पछिल्लो समय खरिद गरेको ५९ लाख खोपमध्ये दश लाख डोज बुधबार आउन लागेको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले दश लाख डोज भेरोसेल खोप बुधबार आउने पुष्टि गरे । अन्य खोप क्रमशः आउने भएको छ ।

आइतबार मात्रै अमेरिकाबाट बालबालिकालाई लगाउन मिल्ने १ लाख बढी फाइजर खोप आएको छ । थोरै खोप आएकाले स्वास्थ्य मन्त्रालयले १२ वर्ष माथिका दीर्घरोगीहरुलाई मात्रै दिने भएको छ । तर, दीर्घरोगीको संख्या सरकारसँग छैन । संख्या खोजी गर्न एक हप्ताको समय अस्पतालहरुलाई दिइएको छ । फाइजरको खोप कार्तिक २८ गतेदेखि लगाउने कार्यक्रम तय भइसकेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com