खाेपकाे सदुपयोग गरेकाेमा अमेरिकी मन्त्रीद्वारा खुसी व्यक्त


काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनल्ड लुले फाइजर खाेपकाे नेपालले सही सदुपयोग गरेकाेमा खुसी व्यक्त गरेका छन् ।

नेपाल भ्रमणमा रहेका लुले फाइजर खाेप चलिरहेको शिक्षण अस्पताल महाराजगन्ज पुगी अनुगमन गरेका थिए । साेही क्रममा नेपालले खाेपकाे सही सदुपयाेग गरेकाे भन्दै स्वास्थ्य अधिकारीकाे उच्च प्रशंसा गरे ।

मन्त्री लुले आगामी दिनमा नेपाललाई आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाएका छन् । अमेरिकाबाट आएकाे १ लाख 6 सय बढि खाेप गत २८ कार्तिकबाट लगाउन सुरू भएकाे छ । आगामी ४ मंसिर सम्म चल्ने पहिलाे चरणकाे अभियान देशका २४ वटा अस्पतालमा खाेप केन्द्र खाेली संचालन गरीएकाे छ ।

निरीक्षणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा राेशन पाेखरेल सहभागी थिए । स्वास्थ्य मन्त्री विराेध खतिवडाले अमेरिकाले महामारीको समयमा नेपाललाइ १ लाख बढि फाईजर खाेप दिएर ठूलाे गुन लगाएकाे भन्दै आभार व्यक्त गरे ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com