आयुर्वेदिक पद्धतीबाट कसरी स्वस्थ रहने ?


👉मानिसले सबैभन्दा पहिला विहान उठ्ने बेलादेखि सुत्ने बेलासम्मको गतिविधिलाई ध्यान दिनुपर्ने हुन्छ । समयमै उठ्ने बानिको विकास गर्नु पर्छ । हामी उठ्ने भन्दा पनि सिरकभित्र बसिरहने दिसा, पिसाव आएको खण्डमा पनि चिसो छ भनेर रोकेर राखिरहने यसले गर्दा सम्बन्धित मानिसको तल्लो पेट दुख्ने, अण्डकोष दुख्नेजस्ता समस्या देखिन जान्छ । त्यसैले गर्दा सूर्य उदाउनुभन्दा अगाडि उठ्ने बानीको विकास गर्नु पर्दछ ।

👉उठेपछि न्युनतम पनि १ घण्टा शारिरीक व्यायामहरु गर्नु पर्छ । यसले गर्दा मानिसको शरीर चलायमान, एक्टीभ बनेर जान्छ ।

👉धेरै मानिस हतारमा हुने गर्छन । यदि समय भएको खण्डमा मानिसले शारीरीक व्ययाम गरिसकेपछि नुहाउनु राम्रो मानिन्छ ।

👉शारीरीक व्यायाम गर्नसाथ खाना खाएर हिड्नु राम्रो मानिदैन । त्यसैले शरिरको सरसफाइ गरिसकेर मात्रै खाना खाने बानि गर्नु पर्छ ।

👉समय सापेक्ष स्वास्थ्य र सरसफाइमा ध्यान दिनु पर्दछ । हलका मनतातो पानीले शरिर नुहाएको खण्डमा शरिर सुन्दर बन्नुको साथै त्यहाँका फोहोरहरुबाहिर निस्कन्छ । यसले स्वस्थ्य रहन मद्धत गर्दछ ।

👉मानिसको खानपानमा खासै ध्यान जादैन । जे जस्तो भएपनि खाएर काममा लाग्ने परिपाटी रहिरहेको छ । आयुर्वेदिक पद्धतिमा खाना राम्ररी पाकेको, ओजनदार नभएको, सहज रुपमा पच्ने खानु पर्छ ।

👉खाना खाँदा जहिले पनि एक अर्काको विरोधी नखाने, जस्तै दुध पनि खाने माच्छा पनि खाने, दोही, मही तताएर खाने, कालो दाल र चनाको तरकारी प्रयोग, चनाको दाल, परौठाहरुको प्रयोग नगर्ने । यी खानेकुराहरु हरौैं हुने खानेकुरा भित्र पर्नेगर्छन ।

👉मौसम अनुसार खानेकुराको प्रयोग गर्नुपर्छ, यो जाडो समय भएकाले खाएको कुरा चाँडै पच्नेहुन्छ । गर्मीमा अलि ढिलो पच्ने गर्छ । यदी ढिलो गरी पच्ने खानेकुरा छ भने हल्का खानु पर्छ । यदी पच्ने छ भने केहि गाँस बढि खाएपनि स्वास्थ्यमा कुनै असर गर्दैन ।

👉धेरै मानिसहरुको बानि हुन्छ, खाने खाइ सकेपछि सुत्ने । खाना खानेवित्तिकै कहिल्यै पनि सुत्नु हुँदैन । एकछिन हिड्ने गर्नु पर्छ । अर्को मुख्य विषय भनेको खाना खानेवित्तिकै पानी खानु हुँदैन । कम्तिमा पनि खाना खाएको ३० मिनेट पनि एक एक गिलास गर्दै खानु पर्छ । एकैपटक धेरै पानी खानुपनि शरीरका लागि हानिकारक हुन्छ ।

👉रातको खाना सूर्य अस्ताएको दुई घण्टाभित्रमा खानु पर्छ । विहान र दिउँसको भन्दा रातिको खाना स्वास्थ्यका लागि हलुका हुने किसिमको हुनुपर्छ । राति कुनै पनि शारीरिक क्रियाकलाप नगर्ने भएका कारण रातको खाना हलुका हुनु पर्दछ ।

👉सबै भन्दा ध्यान दिनुपर्ने कुरा भनेको हामी रातको समयमा दही ल्याएर खाना खाने गर्छौ । यो भुलेर पनि नगर्ने । साँझको समयमा खाना खाएर २०० पाहिला अनिर्वाय रुपमा हिड्नु पर्छ ।
👉खाना अहिलेको समयमा ढिलोमा ९ बजे सुतिसक्नु पर्छ । जसले स्वास्थ्यका लागि राम्रो फाइदा गर्छ । यी उपाय अपनाएको खण्डमा धेरै हदसम्म स्वास्थ्य रहन सकिन्छ ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com