डा. लोहनीले गोलमाल भएको २४ लाख डोज खोप खोज्ने जिम्मा पाए


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ  डा. गुणराज लोहनीले गोलमाल भएको २४ लाख डोज खोप खोज्ने जिम्मा पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हराएको भनिएको २४ लाख डोज खोपको विवरण खोज्न प्रमुख विशेषज्ञ डा. लोहनीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

संसदीय समितिमा बोल्दै स्वास्थ्य सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोपको विवरण आफूहरूसँग नरहेको भनेपछि यो विषय सार्वजनिक बहसको विषय बनेको छ । सामाजिक सञ्जाल २४ लाख डोज खोई भन्दै सरकारमाथि प्रश्न उठ्दै आएको छ ।

२४ लाख डोज खोप यहाँ छ भनेर देखाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. लोहनीको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको हो । स्वास्थ्य मन्त्रालयकाअनुसार डा. लोहनी नेतृत्वको पाँच सदस्यीय छानबिन समितिले खोप अभिलेख विवरण अध्यावधिक गरी दुई हप्ताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको हो ।

मन्त्रालयले केही स्थानीय तहले खोपको विवरण पठाउँदा पनि पूर्ण डाटा आउन नसकेको बताउँदै आएको छ । पहुँचवालालाई कोभिड-१९ विरुद्धको खोप लगाउँदा सम्बन्धित व्यक्तिहरुले रेकर्ड राखेकाले पनि खोपको विवरण गोलमाल भएको  देखिन्छ । के कारणले खोप हराएको हो अथवा खोपको विवरण किन अध्यावधिक भएन भनेर छानबिन समितिले पत्ता लगाउने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

क्याटेगोरी : विविध, सुशासन
ट्याग : ## प्रमुख विशेषज्ञ, #२४ लाख डोज खोप गोलमाल, #खोप, #छानबिन समित, #डा. गुणराज लोहनी, #पहुँचवाला, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com