नेपाल मेडिकल कलेजको लुटः अस्पताल गएका बिरामीसँग पनि पार्किङ शुल्क असूली 


काठमाडौं ।  चिकित्सा शिक्षामा अध्ययन गर्ने विद्यार्थीसँग बढी रकम असुलेका मेडिकल कलेजले पछिल्लो समय ठग्ने शैलीमा परिवर्तन गर्न थालेको पाईएको छ । नेपालको पुरानो नेपाल मेडिकल कलेजले ठग्ने शैलीमा परिवर्तन गरेको पाइएको छ ।

कानुनी रुपमा अस्पतालले लिनै नपाउँने पार्किङ शुल्क उठाउन थालेको छ । दैनिक पार्किङ शुल्कका नाममा लाखौं रुपयाँ नेपाल मेडिकल कलेजले उठाइरहेको छ । नेपाल मेडिकल कलेजका मेनेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीकाअनुसार पार्किङ शुल्क उठाउँन थालेको तीनमहिना भएको छ ।

नेशनल मेडिकल कलेजका संचालक रमेत रहेका अन्सारीले केही महिना अगाडी मात्रै राजधानीको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज किनेका हुन् । तर, कलेजका अध्यक्ष भने डा. भोला रिजाल नै छन् । उनले आफ्नो सेयर बेचेका छैनन् ।

अन्सरीकाअनुसार बाहिरबाट पार्किङ गर्न गाडीहरु ल्याउने गरेकाले शुल्क लिन थालिएको हो । उनको कुरा सुन्दा अचम्म लाग्छ । यतिका वर्षसम्म बाहिरको गाडीहरु पार्किङ गर्न कलेज भित्र नआउँने तर, अन्सरीले किन्नसाथ कसरीबाहिरका गाडी पार्किङ गर्न नेपाल मेडिकल कलेज पुगे ?

कलेजका चिकित्सक भन्छन्, विद्यार्थीसँग रकम ठग्न नपाए पछि बिरामी ठग्न थालेका हुन् । मेडिकल कलेज तथा शिक्षण अस्पतालमा गरिक तथा विपन्न नागरिक उपचार गर्न जान्छन् ।’, यस्ता अस्पतालले उपचार गर्न आएका बिरामीबाट दोहोरो रकम असूली गर्नु भनेको ठगी अन्तर्गतको अपराध नै हो ।

अस्पताल हाताभित्र बिरामी र उनका आफन्तकोबाहेक अन्यका सवारी साधन पार्किङ गरिएको हुँदैन । किनकी अस्पतालमा स्वस्थ व्यक्ति कुनै काम विशेषलेबाहेक जाँदैन । पार्किङ उठाउने कर्मचारीले बताएअनुसार दैनिक कम्तिमा दुई लाख रुपैयाँसम्म संकलन हुने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अस्पतालले पार्किङ शुल्क उठाउने कुनै प्रावधान छैन ।

मन्त्रालय स्रोतले स्वास्थ्य लाइभसँग भन्यो, ‘अस्पताल जनताको उपचार गर्ने क्षेत्र हो मन्त्रालयले भनेको छ, पार्किङ शुल्क लिएर बिरामी र उनका आफन्तसँग दोहोरो रकम अशुल्न पाईदैन् ।’,

स्वास्थ्य लाइभले स्वास्थ्य क्षेत्रमा देखिएका तमाम विकृति विसंगतिलाई शिलशिलाबद्ध रुपमा उठाउने छ । नेपाल मेडिकल कलेजको अस्पताल नवीकरण गराएको छैन । नवीकरणको समय भएको छ । यसरी नियमविपरीत उपचार र पार्किङ शुल्कका नाममा बिरामीसँग दोहोरो ठगी गर्ने नेपाल मेडिकल कलेज र अन्य अस्पतालले स्वीकृत पाउँछन् वा पाउँदैनन् यसको नतिजा हेर्न केही समय पर्खनै पर्ने छ । तर, अहिले अस्पताल माफियाहरु स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुलाई कसरी सेटिङ गरेर हात लिन सकिन्छ भनेर लागेका छन् । यो विषयलाई स्वास्थ्य लाइभले निगरानीमा राखेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, सुशासन
ट्याग : #जोरपारी, #डा.भोला रिजाल, #नियमविपरीत पार्किङ शुल्क, #नेपाल मेडिकल कलेज, #पार्किङ ठगी, #बसरूद्धिन अन्सारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com