‘गोर्खा स्ट्रङ’ बियरमा अखाद्य वस्तु

गोरखा ब्रुअरीको बियरमा अखाद्य वस्तु हालेर जनस्वास्थ्यमाथि खेलबाड


काठमाडौं ।  गोरखा ब्रुअरीले बियरमा अखाद्य वस्तु हालेर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको पाइएको छ ।

गोरखा ब्रुअरीले उत्पादन गर्ने बियर ‘गोरखा स्ट्रङ’ को बोटलमा अखाद्य वस्तु हालेर बेच्ने गरेको पाइएको हो । यसले जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भएको छ

गोरखा ब्रुअरीले जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेपनि सम्बन्धित निकायले उक्त कम्पनीमाथि कारबाही गर्न सकेको छैन ।

लोकल रक्सीमा प्लास्टिक, जुत्ता जस्ता उखाद्य वस्तु हालेर बेच्ने गरेको तथ्य सार्वजनिक हुँदै आएका थिए । गोरखा ब्रुअरीले उत्पादन गरेको ‘गोर्खा स्ट्रङ’ बियरमा पनि लोकल रक्सीझैँ अखाद्य वस्तु हाल्ने गरेको फेला परेको हो ।

बियरमा जौको मात्रा ५० प्रतिशत राख्नुपर्ने मापदण्ड राखिएको छ तर गोरखा ब्रअुरीले कनिका राखेर बियर बनाउने गरेको आरोप लाग्दै आएको छ । कनिका राखेर बियर बनाउने आरोपमा मुछिएको गोरखा ब्रुअरीले अखाद्य वस्तु समेत हाल्ने गरेको फेला परेको हो ।

गोरखा ब्रुअरीले अखाद्य वस्तु हालेर बियर बेच्दा जनस्वास्थ्यमाथि गम्भीर असर पुग्ने देखिन्छ ।  गोरखा ब्रुअरीको उक्त बियरमा प्लास्टिक जस्ता अखाद्य वस्तु हालेर बेच्ने गरेको समाचार अन्य सञ्चार माध्यममा पनि आइरहेका छन् ।

पैसा कमाउन कै निम्ति अखाद्य वस्तु हालेर अत्याधिक खपत हुँदै आएको ‘गोर्खा स्ट्रङ’ बियर बेची गोरखा ब्रुअरीले जनस्वास्थ्यमाथि अपराध समेत गरेको छ । यो कम्पनीमाथि कारबाही गर्न जरूरी छ । जनताको स्वास्थ्यभन्दा ठूलो व्यापारीको पैसा कमाउने स्वार्थ हुन सक्दैन ।

क्याटेगोरी : सुशासन
ट्याग : #‘गोरखा स्ट्रङ’ बियर, #अखाद्य वस्तु, #गोरखा ब्रुअरी, #जनस्वास्थ्यमाथि खेलबाड, #प्लास्टिक, #बियर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com