स्वास्थ्य लाइभ फलोअप

ओमिक्रोनमा जग्गा हडप्ने भूमाफिया चाम्लिङको दादागिरी, सीडीओको आदेश डिएसपीद्वारा निस्क्रिय


काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फैलिएको मौका छोपेर सार्वजनिक जग्गा हडपेका भूमाफिया इन्द्र कुमार चाम्लिङले दादागिरी शैलीमा संरचना खडा गरेका छन् ।

सार्वजनिक जग्गामा भवन बनाइ भाडा खान पल्किएका चाम्लिङले फेरि सार्वजनिक जग्गा हडपेर नयाँ संरचना बनाएका हुन् ।

सार्वजनिक जग्गा हडपेर भूमाफिया इन्द्र कुमार चाम्लिङले बनाएको अवैध संरचना हटाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको एकमहिना बढी भइसकेको छ ।प्रमुख जिल्ला अधिकारी( सीडीओ)ले भूमाफिया चाम्लिङले बनाएको संरचना भत्काउन आदेश दिएको लामोसमय भइसक्दा पनि बानेश्वर प्रहरी वृत्त चुपचाप बसेको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी सीडीओले भूमाफिया चाम्लिङले अवैध रुपमा बनाएको संरचना भत्काएर त्यसको जानकारी गराउन प्रहरीलाई आदेश दिइसकेको  बताउँछन् ।

काठमाडौं महागरपालिका वडा नम्बर १० बानेश्वर देवीनगरका भूमाफिया चाम्लिङले धोबीखोला करिडोरमा सार्वजनिक जग्गा हडपेर बनाएको संरचना हटाउन जिल्ला प्रशासन कार्यालयले आदेश दिँदा फलाम हाल्ने मात्र काम भएको थियो ।

सीडीओको आदेश महानगरीय प्रहरी परिसर, टेकु हुँदै बानेश्वर वृत्तमा पुग्दा ढलान गरेर हतारहतार सटर हाल्ने काम भयो । बानेश्व वृत्तमा डीएसपी मीमबहादुर लामाले सीडीओको आदेशलगत्तै  भूमाफिया चाम्लिङलाई भेटेपछि भित्रभित्रै कोरोनाको ओमिक्रोन भेरिएन्ट फैलिरहे कै अवस्थामा भूमाफिया चाम्लिङले संरचना खडा गर्ने काम गरेका हुन् ।

सीडीओको आदेशपछि डीएसपीलाई भेटेलगत्तै छत ढलान र सटर हाल्नुले मिलेमतो भएको स्थानीयको आशंका छ । सबैलाई मिलाइसके भन्दै भूमाफिया चाम्लिङ झन ढुक्क देखिएको स्थानीयको भनाई छ ।

रावल आयोगले सार्वजनिक किटान गरेको जग्गा भूमाफिया चाम्लिङले मालपोत र नापीका कर्मचारीसँग सेटिङ मिलाएर दुषित दर्ता गरी छोरी स्वोस्तिका चाम्लिङको नाममा पुर्‍याइसकेको स्वास्थ्य लाइभले यसअघि नै खुलासा गरिसकेको छ । राज्य संयन्त्र नै मिलाएर सार्वजनिक/सरकारी जग्गामा रजाईं गर्न सक्ने खुबी भूमाफिया चाम्लिङमा रहेको पछिल्लो घटनाबाट पुष्टि हुन्छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगर (भद्राघले)सँगै भूमाफिया चाम्लिङले सार्वजनिक जग्गा कब्जा गरेर धमाधम संरचना बनाएपछि काठमाडौंका सिडिओले भत्काउन आदेश दिएकाे थियो । चाम्लिङले सार्वजनिक उल्लेख कित्ता नम्बर ७७१, ७७१, ५४९, ६५ लगायतका कित्तामा रहेका जग्गा हडपेर संरचना खडा गरेका छन् ।

सीडीओले भत्काउन आदेश दिएको लामोसमयसम्म पनि भूमाफिया चाम्लिङले अवैध रूपमा खडा गरेको संरचना नभत्कनुले सीडीओको आदेश डिएसपीले निस्क्रिय पारिदिएको अर्थमा बुझेका छन् । उल्टै चाम्लिङले तला थप्ने काम गरेकाले प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।

हेनुहोस् चाम्लिङले हालै थप गरेको संरचना

देवीनगरका भूमाफिया चाम्लिङले ५४९ मा दुईतले भवन बनाएर भाडा खाइरहेका छन् । त्यस्तै अहिले ७७१, ७७२, ५५२, ५५३ र ६६ नम्बर कित्ता हडपेर नयाँ संरचना बनाउँदैछन् । त्यो संरचना भत्काउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द प्रसाद रिजालले भत्काउन आदेश दिँदा पनि भूमाफिया चाम्लिङले सार्वजनिक जग्गा मिचेर दादागिरी शैली थप संरचना बनाउनुले प्रहरी प्रशासन प्रति नै शंका गर्नुपर्ने अवस्था आएको हो ।

 

क्याटेगोरी : सार्वजनिक सरोकार
ट्याग : #डिएपसी मीमबहादुर लामा, #धोबीखोला करिडोर, #बानेश्वर देवीनगर, #भूमाफिया इन्द्र कुमार चाम्लिङ, #सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, #सार्वजनिक जग्गा हडप्ने, #सार्वजनिक/ ऐलानी / सरकारी जग्गा खाने, #सीडीओ गोविन्द प्रसाद रिजाल, #स्वोस्तिका चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com