नेपाल फर्मा एक्स्पो बैशाख ९ देखि ११ गतेसम्म भरतपुरमा हुने

l


काठमाडौं । नेपाल फर्मा एक्स्पो, २०२२ बैशाख ९ देखि ११ गतेसम्म भरतपुरमा हुने भएको छ ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेका अनुसार भरतपुरमा यही बैशाख ९ गतेदेखि ११ गतेसम्म तीनदिन नेपाल फर्मा एक्स्पो, २०२२ हुने भएको हो । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने उदेश्यले नेपाल फर्मा एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।

नेपाली औषधि उत्पादन कम्पनीहरु अप्ठ्यारो पार गरेर यहाँसम्म आइपुगेको भन्दै अध्यक्ष पाण्डेले नेपाली औषधि उत्पादक कम्पनीहरु देशलाई आवश्यक पर्ने औषधि उत्पादन गर्न सक्षम रहेको दाबी गरे । ‘नेपालमा औषधि बन्दैन भन्ने मनाेविज्ञानलाइ चिर्दै आयौं, कठिन अवस्था पार गरेर हामी यहाँसम्म आइपुगेका छौं’, औषधि उत्पादन संघका अध्यक्ष पाण्डेले भने । नेपाली औषधि उद्योगले अहिले ५२ प्रतिशत हिस्सा ओगटेको उनले बताए ।

भरतपुरमा हुने नेपाल फर्मा एक्स्पो नेपाली र विदेशी गरी विभिन्न औषधि उत्पादक कम्पनीको १ सय ६० वटा स्टल रहने आयोजक संस्थाले जानकारी दिएको छ । यस अघिपनि नेपाल फर्मा एक्स्पो भरतपुरमै भएको थियो ।

प्रेस विज्ञप्ति

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## भरतपुर, #नेपाल औषधि उत्पादक संघ, #नेपाल फर्मा एक्स्पाे 2022, #प्रज्वलजंग पाण्डे, #बैशाख ९ गतेदेखि ११ गतेसम्म तीनदिन नेपाल फर्मा एक्स्पो

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com