बाइक चोरीको ‘हटस्पट’ बन्दै धरानको वीपी प्रतिष्ठान


काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक रिनेश सापकोटाको मोटरसाइकल(बाइक) प्रतिष्ठानको पार्किङबाटै चोरी भयो । को ३० प ११८८ नम्बरको मोटरसाइकल चोरी भएको दुई वर्ष पुगिसक्दा पनि अझैं फेला परेको छैन । वीपी प्रतिष्ठानको प्रशासनले आफ्नै ‘स्टाफ’को बाइक पार्किङबाट चोरी हुँदा पनि चासो देखाएको पाइँदैन ।

त्यस्तै वीपी प्रतिष्ठानमा पर्किङ गरेर बिरामी कुरुवा बसेका महेश राईका पनि को १८ प ४५८६ नम्बरको मोटरसाइकल पार्किङबाटै चारी भएको ६ महिना पुग्दा पनि अझैं फेला परेको छैन ।
बिरामी भेट्न वीपी प्रतिष्ठान पुगेका धरानकै फोटो पत्रकार सोहन श्रेष्ठ को १९ प ७०२० नम्बरको स्कुटर मेडिसिन वार्ड बाहिरको  पार्किङबाटै चोरी भयो ।
यी माथिका घटना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान बाइक चोरीको हटस्पट बन्दै गएको देखिन्छ ।  सिसिटिभी क्यामेरा नहुँदा वीपी प्रतिष्ठानको पार्किङबाट चोरहरुले मोटरसाइकल र स्कुटर सहजै चोरेर लग्दै आएका छन् ।  हालै मात्र वीपीको गाइनो पार्किङमा राखिएको मोटरसाईकलको तार काटेर चोरी गर्ने प्रयास गरिरहेको अवस्थामा एकजना चोर समेत समातिएको छ ।
वीपी प्रतिष्ठानका पदाधिकारीहरु भ्रष्टाचारमा लिप्त हुँदा पार्किङलाई सुरक्षित र व्यवस्थित बनाउनेतर्फ ध्यान दिन सकेका छैनन् । यसको सीधा फाइदा बाइक-स्कुटर चोरलाई पुगेको छ ।  वीपी प्रतिष्ठानको पार्किङ बाइक चोरीको हटस्पट बन्दा पनि प्रतिष्ठानका पदाधिकारीले त्यसलाई रोक्न चासो नदिनुले यिनीहरुको समेत चोरसँग मिलेमतो त छैन भन्ने पीडितहरुको प्रश्न छ ।
वीपी प्रतिष्ठान बाइक चोरीको हटस्पट बन्नबाट रोक्न सम्बन्धित निकाय र जिम्मेवार पदाधिकारीले विशेष ध्यान पुर्‍याउन जरुरी छ देखिन्छ ।
क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ##धरान, #पदाधिकारी, #बाइक चोरी, #हटस्पट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com