पर्यटनमन्त्री श्रेष्ठको प्रस्तावमा स्वास्थ्य र पर्यटनसँग जोडिएको क्यानोपी वाक कार्यक्रम 


काठमाडौं । संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको विशेष प्रस्तावमा स्वास्थ्य र पर्यटनसँग जोडिएको क्यानोपी वाक पूर्वाधार बन्ने भएको छ । यो कार्यक्रम नेपाल पहिलोपटक आएको हो । बागमती प्रदेशमा नवीनतम् वातावरणमैत्री पर्यटकीय पूर्वाधार विकासका लागि चितवन जिल्लाको सौराहालगायतका ठाउँमा वन्यजन्तु अवलोकन गर्न क्यानोपी वाक कार्यक्रम आर्थिक वर्ष २०७९/०८० को बजेटमा समावेश गरिएको हो ।

बागमती प्रदेशमा साहसिक तथा पर्वतीय पर्यटन सम्भाव्यता अध्ययन एवं रसुवाको क्याङ्गजिङ्गमा वाल क्लाईम्बिङ ट्रेनिङ सेन्टरको भौतिक संरचना निर्माणका लागि ३ करोड विनियोजन गरिएको छ । स्वास्थ्य र खेलकुद र साहसिक पर्यटनसँग जोडिएको यो कार्यक्रम पर्यटनमन्त्री श्रेष्ठको विशेष पहलमा राखिएको हो ।

प्रदेश सरकारले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरूको छायाङ्कन गरी चलचित्रको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न समेत बजेट विनियोजन गरिएको छ । पर्यटनमन्त्री श्रेष्ठले पर्यटकीय स्थल र चलचित्र क्षेत्रको विकास र विस्तारका लागि यो प्रोत्साहन कार्यक्रम ल्याएका हुन् ।

बजेटमा दोलखा जिल्लाको पर्यटकीय स्थल जिरी क्षेत्रको एकीकृत गुरुयोजना कार्यान्वयन गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै जिरीमा मानव निर्मित पर्यटकीय ताल निर्माण गर्न १५ करोड विनियोजन गरिएको छ । काठमाडौंको जरसिंहपौवामा गणेशमान सिंह स्मृति पार्क निर्माण गर्न ३ करोड बजेट राखिएको छ ।

बागमती प्रदेशको विशिष्टता, प्राकृतिक सौन्दर्य र संस्कृति तथा सभ्यता प्रवर्द्धन एवं आन्तरिक पर्यटन विकासका लागि आर्थिक वर्ष २०७९/८० लाई घुमफिर वर्षको रुपमा घोषणा गरिएको छ ।

क्याटेगोरी : जीवनशैली, प्रदेश, विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com