कैलाश विश्वकर्मा डाक्टर साहवबाट इङ्स्पेक्टर साहव! बने


काठमाडौं । पूर्वी पहाडी जिल्ला भोजपुरको दलित समुदायबाट डाक्टर बनेका कैलाश विश्वकर्मा अब प्रहरी निरीक्षक(इङ्स्पेक्टर) साहव बनेका छन् । लोकसेवा आयोगद्वारा लिइएको नेपाल प्रहरीको प्राविधिक समूह, स्वास्थ्य उपसमूहको प्राविधिक प्रहरी निरीक्षक पदको परीक्षामा उत्तीर्ण भएर उनी डाक्टर साहवका साथै इङ्स्पेक्टर साहवको नयाँ परिचय बनाउन सफल भएका हुन् ।

एमबीबीएस सकेलगत्तै गृह जिल्ला भोजपुर गएर सेवा दिन थालेका डा. विश्वकर्मा बिरामीको सेवामा निकै रमाइरहेका छन् । सरकारी छात्रवृत्तिमा पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट एमबीबीएस पास गरेका उनी अहिले भोजपुरको पौवा दुङ्‌मा वास्तिममा बसेर जिल्लावासीको स्वास्थ्य सेवामा खटिरहेका छन् ।

गत फागुनका नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको नेतृत्वमा भोजपुरमा भएको वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन डा. विश्वकर्मा सदरमुकाम आएका थिए । उनले त्यो बेला स्वास्थ्य लाइभका प्रतिनिधिसँग अझैं केही वर्ष भोजपुरमै बसेर सेवा दिने इच्छा रहेको उनले सुनाएका थिए । डा. कैलाशको यो सपनाले उचाई लिँदै देशकै सेवा गर्ने ठाउँमा पुगेका छन् ।

डाक्टर साहव! बन्ने सपना भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले साकार पारिदिएको कैलाश बताउँछन् । त्यहीँ जगमा टेकेर अहिले यो ठाउँमा आइपुगेको उनको भनाइ छ ।

भोजपुरको विद्योदय विद्यालयबाट एसएलसी दिएर ललितपुरको लिटल एन्जल्स(एलए) स्कूलबाट प्लस टू पास गरेका कैलाश एमबीबीएस तहसम्मको ढोकामा पुर्‍याउन श्रेष्ठले विशेष भूमिका खेलेको बताउँछन् ।  उमेेश श्रेष्ठले सञ्चालन गरेको एलले स्कुलले विद्योदय उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । कैलाश पनि त्यही सुविधा प्रयोग गरेर एलए छिरेका थिए । डाक्टर साहव बन्ने सपना पूरा गरेका कैलाश अब इङ्स्पेक्टर साहव ! भनेर जनता र बिरामीको सेवामा खटिने छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com