स्वास्थ्यमा ‘किर्ते’ काण्डमा मुछिएकी संगिताको आतंक, आफु सचिव भएपछि सबैलाई देखाइदिने !


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘किर्ते’ काण्डमा मुछिएकी डा. संगिता कौशल मिश्राको आतंक सुरु भएको छ ।

अमेरिकामा पढिरहेको समयमा नोबेल अस्पतालमा काम गरेको नक्कली कागजात पेश गरेर स्वास्थ्य सेवाको एघारौं तहमा प्रवेश गरेकी उनले अहिले स्वास्थ्यका कर्मचारीमाथि ‘शासन’ गर्न थालेकी छिन् । आफ्नोविरुद्धमा बोल्नेलाई सचिव भएपछि देखाइदिन्छु भन्दै डा. मिश्राले स्वास्थ्यका कर्मचारीहरुलाई धम्क्याउन थालेकी छिन् ।

खुला प्रतिस्पर्धामार्फत स्वास्थ्य सेवा-अब्ट्रेटिक तथा गाइनोकोलोजीमा २०७० असोज १० गतेबाट सेवा प्रवेश गरेकी मिश्राले सेवा प्रवाहको डकुमेन्ट ‘किर्ते’ गरेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । आफूहरूविरुद्ध सामान्य कुरा हुँदापनि विरोध गर्ने स्वास्थ्य मन्त्रालय सम्बद्ध कर्मचारी संठगनहरू उनको हप्कीदप्कीका अगाडि लाचार बनेका छन् ।

हप्कीदप्की र किर्ते गरेर जागिर खाएको विषयमा स्वास्थ्यका संगठन बोल्न नसक्नु अचम्म छ । सस्था जोगाउन गलत नियतबारे बोल्न नसक्नेहरु संगठनको नेतृत्व गरेर बस्नु शंकास्पद छ । यस्ता संगठन र यीनका नेतृत्वकर्ता माथिपनि हामीले निगरानी बढाउनु पर्ने देखिएको छ ।

स्वास्थ्य सेवाको बाह्रौं तह (प्रमुख विशेषज्ञ)मा बढुवाका लागि सिफारिस भएकी डा. मिश्रालाई सरकारले मंगलबार १२ तहमा बढुवा गर्ने निर्णय गरेको छ । उनले कर्मचारी र पत्रकारलाई स्वास्थ्य सचिव बनेर ठिक पार्छु भन्न थालेको स्वास्थ्य मन्त्रालयकै कर्मचारीहरुको गुनासो छ । नक्कली कागजात पेश गरेर जागिर खाएको विषय सार्वजनिक हुँदा पनि डा. मिश्रामाथि सरकारले कुनै छानबिन गरेको छैन । उल्टै बाह्रौं तहमा बढवा गरेको छ । ।

बढुवाका लागि दौडधुमा रहेकी उनले सचिव भएपछि ठिक पार्छु भनेर गरुडको शैलीमा प्रस्तुत हुन थालेको स्वास्थ्यका अधिकारीहरू बताउँछन् । डा. मिश्रा गरूड र स्वास्थ्यका अन्य कर्मचारी सर्प जस्ता निरीह देखिएको ती कर्मचारीको टिप्पणी छ ।

डा. मिश्राका पछिल्ला हर्कतले आजित कर्मचारी बाहिर बोल्न नसक्नुले गरुडको अगाडि परेको सर्प भएको चर्चा छ ।  गलत विवरण बुझाएर जागिर खाने डा. मिश्रामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक्सन लिन सक्ने लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीको प्रतिक्रिया छ । उक्त कागजातमा प्रहरीले पनि अनुसन्धान गर्न सक्ने आधार देखिन्छ । यतिका धेरै विवाद र विरोध हुँदा पनि डा. मिश्राको ठेगान लगाउने धम्की जारी छ । यसले स्वास्थ्य मन्त्रालयसँग जोडिएका कर्मचारी संगठनहरू कमजोर छन् भन्ने देखाउँछ ।

यता गज्जबत सचिव हुने सपना देख्ने मिश्राले प्रसुती गृहको निर्देशकहुदा क्वाटर प्रयोग गरे बापत तिर्नुपर्ने न्युनतम रकम समेत नतिरी टाप कसेकी छन् । २१ महिना बस्दा तीन लाख ८३ हजार ८१३ रुपैयाँ तिर्नुपर्ने रेकडमा देखिन्छ । तर, मिश्रा उक्त रकम तिर्नुको साटो मिडियामा जानकारी गराएको भन्दै प्रसुती गृहका निर्देशक र अन्य कर्मचारीलाई धम्कि दिइरहेकी छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## प्रमुख विशेषज्ञ, ## स्वास्थ्य सचिव, ##डा संगिता मिश्रा, #किर्ते कागजात, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com