विशाल पण्डितको अर्को काण्ड

वीरमा क्याथ ल्याब ल्याउन नदिन मेडिकल माफिया पण्डितको बखेडा, १६ लाख कम हाल्नेलाई दिएको भन्दै मुद्दा दर्ता


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर) अस्पतालले खरिद गर्न लागेको अत्याधुनिक क्याथ ल्याबमा मेडिकल माफियाका रुपमा परिचित विशाल पण्डित बाधक बनेका छन् । वीरमा क्याथ ल्याबका लागि तीनवटा कम्पनी हस्पिटेक, ईस्ट वेस्ट र ग्लोबल मेडिटेक टेन्डरमा सहभागी भएका थिए ।

मेडिटेकले जापानीज रुपैयाँ १९ करोड ९८ लाख, इस्ट वेस्टले ७ लाख ३३ हजार ९ सय युरो र हस्पिटेकले ८ लाख युएस डलरमा टेन्डर हालेका थिए । तीन कम्पनीमध्ये टेन्डर खोलेको दिन अन्तर्राष्ट्रिय डलरको मुल्य अनुसार ईस्ट वेस्टले दुईवटाको भन्दा सस्तो भएको थियो ।

वीर अस्पतालले बताए अनुसार ९ करोड ७८ लाखमा ईस्ट वेस्ट कनर्सनले हालेको छ । हस्पिटेकले ९ करोड ९४ लाखमा हालेको छ । नियम अनुसार छनौट भएको कम्पनीभन्दा १६ लाख बढी हालेका पण्डितले आफूले पाउनु पर्ने भन्दै अस्पताल र सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत उजुरी दिएका छन् । उपकरण आयात रोकिएको छ ।

अझ गज्जबको कुरा त वीर अस्पतालले क्याथ ल्याब खरिदका लागि ९ करोड ९० लाखको अनुमान गरेर टेन्डर खुलाएको थियो । तर, पण्डितले भने स्टिमेट भन्दा ४ लाख बढी हालेका छन् । वर्षौंदेखि सेटिङ मिलाएर स्वास्थ्यमा एकछत्र मनपरी राज गरेका पण्डितले स्वास्थ्य क्षेत्रबाट आफू विस्थापित हुन लागेको अनुभूति गर्दै अतालिएका छन् । यसको पछिल्लो उदाहरण वीर अस्पतालको क्याथ ल्याब खरिद हो । जहाँ लागत अनुमानभन्दा बढीमा टेन्डर हालेर पनि आफैंले पाउनु पर्ने भन्दै उजुरी हाल्दै हिंडिरहेका छन् ।

वीरमा मुटुका ४ सय बिरामी दैनिक ओपिडिमा सेवा लिन आउँने गरेको अस्पतालको तथ्यांक छ । चार सय मध्ये २० देखि २५ जना बिरामीका लागि दैनिक क्याथ ल्याब सेवा आवश्यक परेको छ । ‘पण्डितकै कारण यो सेवा पाउनबाट भुइँ मान्छेहरु बन्चित भएका छन्’, अधिकारीहरु भन्छन् । आफूले नपाएर अरुलाई ल्याउन नदिने र सेवा नै अवरुद्ध बनाउन भूमिका खेल्न पण्डितको कम्पनी हस्पिटेक कालोसूचीमा राख्नुपर्ने आवज उठ्न थालेको छ । मेडिकल माफियाका रुपमा चिनिएका पण्डितलाई राजनीतिक दलका नेता तथा सरकारी कर्मचारीहरुले समेत संरक्षण गर्दै आएका छन् ।

टेन्डर हाल्दा भ्याटसहित हालेका पण्डितले अरुकोभन्दा १६ लाख महंगो भएपछि विवाद झिकेका हुन् । उनले विवाद झिक्न हातले नै लेखेर भ्याट र भ्याटबाहेकको रकम गरेर पेश गरेको पाइएको छ । नियम अनुसार हातले लेखेर तयार पारेको डकुमेन्ट मान्य हुँदैन । पण्डितले उजुरीमा भनेका छन्, ‘भ्याट नजोड्दा आफ्नो सस्तो हुन्छ त्यसैले क्याथ ल्याब मेरो कम्पनीले पाउँनु पर्छ ।’,
यता छानिएको इस्ट वेस्ट कन्सर्नले भने भ्याट नखुलाइ ९ करोड ७८ लाख हालेको छ । सीधै बाहिरबाट खरिद गर्दा भ्याट लाग्दैन । पण्डितले भने आधा भ्याट लाग्ने र आधा नलाग्ने भन्दै किर्ते डकुमेन्ट पेश गरेका छन् । पिपिएमओमा मुद्दा भएकाले हामीले अहिले डकुमेन्ट सार्वजनिक गर्न चाहेनौं । तर, उक्त मुद्दामा सेटिङगरी पण्डितको पक्षमा निर्णय भए हामी पण्डितले पेश गरेको किर्ते डकुमेन्ट सार्वजनिक गर्नेछौं ।

मेडिकल माफियाले आफ्नो स्वार्थ पु पूरा गर्न नपाउँदा उपकरण आयातमा गरेको अवरोधलाई सरकार र अस्पतालले सामान्य रुपमा लिनु हुँदैन । एक अधिकारीले उदाहरण दिँदै भने, ‘कसैले एउटा प्रकृतिको सामान भ्याट सहित २० रुपैयाँमा दिन्छु भन्यो, अर्कोले सोही सामान भ्याट लिन्न १७ रुपैयाँमा दिन्छु भन्यो भने हामीले कुन सामान लिन्छौं ? स्वभाविक रुपमा १७ रुपैयाँको सामान ल्याएर ३ रुपैयाँ राज्यको बचाइन्छ ।’, तर, अहिले टेन्डर खोलेपछि भ्याटबाहेक हो भने त म १६ रुपैयाँमा दिन्छु भन्दै पण्डितले निहुँ खोजिरहेका छन् । मेडिकल सामग्री आपूर्तिमा सेटिङ मिलाएर राज्य लुट्ने प्रपञ्चमा पण्डित सक्रिय देखिन्छन् ।

सम्बन्धित समाचार

‘माफिया’को स्वार्थमा करोडौंको टेन्डर, विशाल पण्डित भन्छन्, ‘६ महिनादेखि कराउँदा बल्ल खोलिदिए’,

पूर्वाधार र जनशक्तिबिनै १९ करोडको उपकरण किन्न लागेको खुलास

इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम खरिद रद्द, राज्यको १९ कराेड जाेगियाे

… अनि रोकियो स्वास्थ्यमा १९ करोडको खेल

विशाल पण्डितसँगको सेटिङमा आर्थिक वर्षकाे अन्त्यमा ८ करोडको अल्ट्रासाउण्ड खरिद हुँदै, एक करोड बढी घोटाला !

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com