वीर अस्पतालद्वारा दुवाकोटमा वृहत्त स्वास्थ्य शिविर सञ्चालन


काठमाडौं । विस्तारित वीर अस्पतालले दुवाकाेटमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

वीर अस्पतालकाे १३३ औं वार्षिकोत्सवका अवसरमा अस्पतालले दुवाकाेटमा विशेषज्ञसहितकाे स्वास्थ्य शिविर आयाेजना गरेकाे हाे । अस्पतालका नि. प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भुपेन्द्र कुमार बस्नेतले वार्षिकोत्सवका अवसरमा विशेषज्ञ सेवासहितकाे शिविर आयाेजना गरेकाे बताए । उनले एक्सरे,अल्ट्रासाउन्ड, इसिजि, इकाे र ल्याब सेवासहित उपस्थित भएकाे बताए ।

शिविरमा बिहानैदेखि सेवा लिन जानेहरुकाे भिड लागेकाे छ । बैशाख २ गतेबाट दुवाकाेटमा एक्सरे र ल्याब सेवा सुरु गरिएकाे थियाे । तत्काल विस्तारित वीर अस्पताल बन्ने आधार नदेखिएपछि नागरिकको माग अनुसार कार्यकारी अधिकारी डा. बस्नेतले उपचार सेवा सुरु गराएका थिए । त्यही ठाउँमा वीर अस्पतालकाे १३३ औं वार्षिकोत्सवका अवसरमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

‘विस्तारित वीर अस्पतालकाे निर्माणका लागि थुप्रै स्थानमा जग्गा हेरियाे तर सबै हिसावले दुवाकाेट उपयुुक्त भएकाले यहाँ निर्णय गरेका हाैं’, डा बस्नेतले भने, ‘अहिले बाटाे, बिजुली र पानीको पनि ब्यवस्था भएकाे छ । अब स्थानिय जनप्रतिनिधि र वीर अस्पताल लागेमा मात्रै दुवाकाेटमा अस्पताल बन्छ।’, सबैले सहकार्य गरेर अगाडि बढे आगामी ५ बर्षमा अस्पताल बन्ने उनको भनाइ छ ।

दुवाकाेटमा अन्तर्राष्ट्रियस्तरकाे अस्पताल बन्ने भन्दै  डा. बस्नेतले गाैरवकाे आयाेजना भएकाले यसलाइ सफल बनाउन सबै एक ठाउमा उभिनु पर्ने धाराणा राखे । उनले दुवाकाेटकाे टिकट लिएर वीर पुगेका बिरामीले ६ महिना शल्यक्रियाकाे लागि कुर्नुपर्दैन भनेर लागिरहेको जनाए ।

चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले वीर अस्पतालको वृहत्त निःशुल्क स्वास्थ्य शिविरबाट लाभ लिन नागरिकलाई आग्रह गरे । स्वास्थ्यमा देखिएका जटिल समस्यालाई वीर अस्पतालले लगेर सेवा दिने बताउँदै उनले यसकाे भरपुर उपयाेग गर्न नगर्न  आग्रह गरे । विस्तारित वीर अस्पताल निर्माण हुन विभिन्न कारणले ढिला भएको उनको धारणा छ ।

‘स्थानीय नगरवासीबाट जस्ताे सहयोग गर्न पनि तयार छाै, अस्पताल बन्ने काम नराेकियाेस्’, मेयर खत्रिले भने, ‘जनप्रतिनिधिकाे पहिलाे प्राथमिकता नै विस्तारित वीर अस्पताल निर्माण हाेस् भन्ने छ । हामी पालेकाे रुपमा निरन्तर झकझक्याउने काम गर्ने छाैं । राेकिएका काम तत्काल अगाडि बढाेस् भन्ने नगरबासीकाे चाहना रहेकाे छ ।’,

यता वीर अस्पतालकी उप निर्देशक डा अनुपमा कार्कीले शिविरमा उपचार सम्भावना नभएका बिरामीलाई वीर अस्पालमा लगेर  निःशुल्क स्वास्थ्य सेवा दिने बताइन् ।

प्रमुख अस्पताल नर्सिङ प्रशासक संगिता श्रेष्ठले स्वास्थ्य नै धन हाे भन्दै यसबाट भरपुर सेवा लिन नागरिकलाई आग्रह गरिन् । ‘शिविरमा विशेषज्ञ सेवा दिएका छौं’, श्रेष्ठले भनिन्, ‘यहाँ उपचार नहुने बिरामीलाई वीर अस्पताल लगेर उपचार गर्नेछाैं ।’, उनले वीर अस्पतालले विभिन्न स्थानमा सेवा विस्तार गर्दै लगिरहेकाे समेत बताइन् ।

कार्यकारी अधिकारी प्रा.डा. भुपेन्द्र कुमार बस्नेत, उपनिर्देशक प्रा. डा. अनुपमा कार्की, प्रमुख अस्पताल नर्सिङ प्रशासक संगिता श्रेष्ठ, डा. प्रकाश बुढाथाेकी, डा. बिष्णु बहादुर बस्नेत, उपसचिव सागर मिश्र, उपसचिव लेखा लाेकबहादुर बाेहरा, कानुनी सल्लाहकार पुर्णिमा रिमाल,  समन्वय शाखा प्रमुख नवराज श्रेष्ठ, मेडिकल स्टाेर प्रमुख टीकाराम पनेरु र खरिद शाखाका खुपराज आचार्य लगायतकाे सहभागीता रहेकाे थियाे । कार्यक्रम संचालन डा. आस्था राणाले गरेकी थिईन् ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीर अस्पताल, #दुवाकोट वृहत्त निःशुल्क स्वास्थ्य शिविर, #भक्तपुर, #वीरका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com