उहिलेका कुरा

त्यो मन्त्रीमण्डलमा शुशीला थापा सशक्त स्वास्थ्य राज्यमन्त्री


काठमाडौं । २०३२ मंसिर १५ गते प्रधानमन्त्री तुलसी गिरीको नेतृत्वमा मन्त्रीमण्डल गठन गर्‍यो ।  मन्त्रीमण्डलमा दर्जनौं पुरुषहरुको भीडमा स्वास्थ्य जस्तो संवेदनशील मन्त्रालयको जिम्मेवारी भने महिलालाई दिईयो ।

स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा रहेकी शुशीला थापा गिरी मन्त्रीमण्डलमा देखाउन लायक अनुहार थियो । तत्कालीन स्वास्थ्य राज्यमन्त्री थापा बोल्ड निर्णय गर्न सक्ने र मन्त्रीमण्डलमा विशेष भूमिका खेल्न सक्ने महिला भएकाले प्रधानमन्त्री गिरी उनलाई प्रायजसो कार्यक्रममा सँगसँगै लिएर हिँड्ने गर्थे । स्वास्थ्य राज्यमन्त्री थापाको निर्णय र नेतृत्व क्षमता हेरेर उनको धेरैले प्रशंसा समेत गर्ने गरेका थिए ।

दर्जनौं पुरुष मन्त्रीहरुको भीडमा स्वास्थ्य राज्यमन्त्री थापा

उक्त मन्त्रीमण्डलमा प्रधानमन्त्री गिरीसहित मन्त्रीहरू खड्ग बहादुर सिंह, कृष्णराज अर्याल, जोगमेहर श्रेष्ठ, भोजराज घिमिरे, भेष बहादुर थापा पीताम्बरध्वज खाती र हरिबहादुर बस्नेत रहेका थिए । राज्यमन्त्रीहरूमा सुशीला थापा, पद्मसुन्दर लावती, पशुपति शम्शेर जबरा, हरिशचन्द्र महत, बलराम घर्ती मगर, भोलानाथ झा, डा. हर्क गुरुङ, डा. रामप्रसाद राजवाहक, भीमप्रसाद गौचन र मानबहादुर जगेबु रहेका थिए । त्यस्तै सहायकमन्त्रीमा डिल्लीशमेर राई, लवरु राना थारू, हिरालाल विश्वकर्मा, डम्बरबहादुर मल्ल, मरिचमान सिंह, समशुल हक र गोपालचन्द्रसिंह राजवंशी रहेका थिए ।

त्यो बेला दर्जनौं पुरुषहरुको मन्त्रीहरूको भीडमा स्वास्थ्यले भने शुशीला थापा जस्ताे सशक्त महिला राज्यमन्त्री पाएको थियो ।

 

क्याटेगोरी : विचार
ट्याग : #प्रधानमन्त्री तुलसी गिरी, #महिला मन्त्री, #स्वास्थ्य राज्यमन्त्री शुशीला थापा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com