अक्सिजन प्लान्टमा सेटिङ गर्ने थाहा नगरपालिकाका कार्यकारी पुरी उल्टै पुरस्कृत


काठमाडौं । अक्सिजन प्लान्ट खरिदमा ठेकेदारसँग सेटिङ गर्ने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (कार्यकारी) हरिलाल पुरी सुरुवा भएको छ । मकवानपुरको थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट पुरीको बाराको निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको हो ।

पुरी सेटिङ मिलाएर ५ वर्षदेखि थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकिरहेको स्वास्थ्य लाइभले खुलासा गरेपछि उनको त्यहाँबाट सरुवा भएको हो । अक्सिजन प्लान्ट खरिदमा मिलेमतो गरी १३ लाख बढी कबोल्ने शुभारम्भ प्रालिलाई ठेक्का दिएपछि उनको एकपछि अर्को बदमासी बाहिरिन थालेको छ । पुरीले सुभारम्भ सर्भिस ट्रेडर्स प्रालिसँग मिलेमतो गरेर १३ लाख बढीमा अक्सिजन प्लान्ट खरिद गरेकाे स्वास्थ्य लाइभले खुलासा गरेको थियो ।

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नगरपालिकाका बायोमेडिकल इन्जिनियर राजेश्वर कमाली र सुभारम्भका मालिक सोभित प्रसाईको मिलेमतोमा १३ लाख बढी मूल्यको अक्सिजन प्लान्ट खरिदको ठेक्का सम्झौता भएको थियो ।

पाँच वर्षदेखि सेटिङ मिलाएर एउटै नगरपालिकामा टिकिरहने पुरीलाई आर्थिक चलखेल नहने ठाउँमा थन्क्याउनु पर्नेमा उल्टै अर्को नगरपालिकामा पठाएर पस्कृत गरिएको छ । यो कुराले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भूमिकामाथि पनि शंका उत्पन्न भएको छ ।  थाहा नगरपलिकाको कार्यकारीबाट पुरीलाई सरुवा गर्न नदिन चलखेल समेत भएको थियो । त्यो खेल भने सफल हुन सकेन । तर नगरपालिकाबाट नगरपालिका कै कार्यकारीमा पठाउने निर्णयले मन्त्रालय शंकाको घेरमा तानिएको हो ।

आर्थिक चलखेलका आधारमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा भइरहेको आरोप लाग्दै गर्दा पुरीको नगरपालिकाबाट नगरपालिका कै  कार्यकारीमा सरुवा हुनुले त्यो आरोपमा बल पुगेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #थाहा नगरपालिका - प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी- ओभर स्टे, #निजगढ नगरपालिका, #मिलेमतो, #संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com