बेलायतमा नर्स पठाउने सम्झौताको भीम रावलद्वारा विरोध


काठमाडौं ।  नेकपा एमालेका नेता भीम रावलले बेलायतमा नर्स पठाउने सम्झौताको विरोध गरेका छन् । नेपाल सरकारले हालै १० हजार नर्स पठाउने गरी गरेको सम्झौताको उनले खुलेर विरोध गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा नर्सलगायतका स्वास्थ्यका जनशक्ति पठाउने सम्झौता गरेको भोलिपल्टै नेता रावल विरोधमा उत्रिएका छन् ।

‘नेकां सभापति देउवा सरकारले ब्रिटेनमा स्वास्थ्य जनशक्तिको अभावले स्वास्थ्य क्षेत्र ध्वस्त हुने प्रतिवेदन आएको दुई दिनमै स्वास्थ्यकर्मी निर्यात गर्ने राष्ट्रहित विरोधी निर्णय गरी हालै सम्झौता गरेको छ। देशमा नै अप्रयाप्त, ठूलो लगानीबाट तयार स्वास्थ्य जनशक्तिको निर्यात निन्दनीय छ’, एमाले नेता भीम रावलले ट्वीट गर्दै भनेका छन् । उनको ट्वीटले अहिले तरंग ल्याएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #डाक्टर नर्स, #बेलायत, #भीम रावल एमाले नेता, #श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com