स्वास्थ्य लाइभ प्रभाव

अष्टमानले अवैध संरचना हटाए, दुर्गा प्रसाईका भाइ युवराजले टेरेनन्


काठमाडौं । धोबीखोला करिडोरको सरकारी जग्गा हडपेर संरचना बनाउने अष्टमान महर्जनले अवैध संरचना हटाएका छन् ।

स्वास्थ्य लाइभले निरन्तर रुपमा सरकारी जग्गा हडपेर मासिक झन्डै एक लाख भाडा खाने अष्टमानलगायतको विषयमा समाचार प्रकाशित गरेपछि उनले आफै हटाएका हुन् । तर, मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाइ युवराज प्रसाइले अझै सरकारी जग्गा हडपेर बनाएको अवैध संरचना हटाएका छैनन् ।

अष्टमानले अवैध संरचना हटाउँदै

काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोरस्थित ४ आना बढी सरकारी जग्गा हडपेका युवराजले अष्टमानले अवैध संरचना हटाउदा पनि अटेरी गरेर बसेका छन् । उनले वडा कार्यालयलयसँग कुरा मिलाइसकेको भनेर भाडामा बस्नेलाई केही हुँदैन ढुक्क भएर व्यवसाय सञ्चालन गर्दा हुन्छ भन्ने गरेका छन् । स्वास्थ्य लाइभका प्रतिनिधिसँगको कुरामा उनीहरूले घरधनीले केही हुँदैन सबै मिलाइसकेको छ भन्ने गरेको सटर भाडामा लिएर बस्नेहरुको प्रतिक्रिया रहेको छ ।

अष्टमानकोसँगै रहेको युवराजको अवैध संरचना

काठमाडौं महानगरपालिका वडा नम्बर १० सिट नम्बर १०२-११०६-२२ कित्ता नम्बर ४४६ को सरकारी जग्गामा अष्टमान र युवराजले सटर हालेर भाडा खाएका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० कार्यालयले प्रमाण माग्दा पनि उनीहरू दुबैले पेश गर्न सकेनन् । युवराजले ४४६ कित्ताको प्रमाण माग्दा ४६१ को प्रमाण पेश गरेका छन् । त्यही कित्तामा बनेको संरचना अष्टमानले हटाउदा युवराज भने ठूलो कुरा गरेर बसेका छन् । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको डोजरको पर्खाइमा देखिन्छन् ।

त्यस्तै देवीनगर कै भूमाफिया इन्द्र कुमार चाम्लिङ, डा. राजेश झा अहिराज, एमाले सिन्धुलीका नेता हेमराज घिसिङलगायत पनि सरकारी जग्गा हडपेर खानेमा पर्छन् । डा. अहिराज सरकारी जग्गामा बनेको संरचना हटाउने तयारीमा छन् । तर चाम्लिङ, घिसिङ भने युवराज जस्तै अटेरी बनेर बसेका छन् । ती अवैध संरचना चाँडै हटाउने तयारीमा काठमाडौं महानगरपालिका लागेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## इन्द्र चाम्लिङ, ## सरकारी जग्गा, ## हेमराज घिसिङ, #युवराज प्रसाई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com