लुम्बिनीमा मायादेवी मातृत्व अस्पतालको वकालत गर्ने डा. रमेश ढुंगेल छायाँ सेन्टर भत्काउनु पर्छ भन्ने पक्षमा


काठमाडौं । लुम्बिनीमा मायादेवी मातृत्व अस्पतालको वकालत गर्ने डा. रमेश ढुंगेल छायाँ सेन्टर भत्काउने पक्षमा उभिएका छन् । ईतिहासविद्  डा. ढुंगेलले सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै छायाँ सेन्टर कोल्याप्स पार्नु पर्ने धारणा राखेका हुन् । सांस्कृतिक नगरी कान्तिपुर वायॅ-लुड्०लाई गिज्याइरहेको छायाँ सेन्टर नामको १६/१७ तले सिमेन्ट र डण्डीको कुरूप भवनलाई तुरून्त पुरै कोल्याप्स गरिनु पर्ने उनको तर्क छ ।

यस्तो छ ईतिहास डा. ढुंगेलको प्रतिक्रिया

आजको युग ऐतिहासिक तथा सांस्कृतिक उत्थान, संवर्द्धन र असल व्यवस्थापनको !!

***********************************

अव हाम्रा अभूतपूर्व सांस्कृतिक र ऐतिहासिक वैभव रहेको जति जोगाउने नै हो भने १००० वर्ष भन्दा पुरानो र दर्जनौं परम्परागत पर्वको स्रोत थलो थंवही (ठमेल-विक्रमशील महाविहार) को ऐतिहासिक परिशर प्रांगणमा निर्ममताकासाथ हजारौं पुरातात्विक वस्तु भत्काएर वा लापत्ता पारेर सांस्कृतिक पुखु वा पोखरी मासेर ठड्याइएको भयंकर राक्षस समानको आधुनिक असभ्यताको चिनु वनेर सांस्कृतिक नगरी कान्तिपुर वा यॅ-लुड्०लाई गिज्याइरहेको छायाँ सेन्टर नामको १६/१७ तले सिमेन्ट र डण्डीको कुरूप भवनलाई तुरून्त पुरै collapse गरियोस् र सांस्कृतिक पोखरी पुरानै रूपमा पुनर्निर्माण गरेर त्यहाँ चल्ने माानवीय संस्कृति र परम्परा, जात्रा पर्वहरूलाई यथावत् पुनर्जीवन दिइयोस् !!

त्यसैगरी पूर्व लिच्छविकालदेखिको नारायणहिटीको भूमिमा अनेकौं ऐतिहासिक पक्षलाई वास्तै नगरी निर्मित गणतन्त्रकोनाम दिइएको आफनै इतिहासको उपहास बनेको आधुनिकताको ugly face देखाउने कथित पार्कलाई पनि पुरै नामेट गरेर पुरानै रूपमा ल्याइयोस् !! यो काम वालेन जस्ता व्यक्तिको स्थानीय नेतृत्वका समयमा नै मात्र सम्भव देखिन्छ हाम्रो देशमा !!

मेरो शुभकामना छ वालेन र उनको नेतृत्वको महानगरीको आशातित टिमलाई !!

म यो कुरा केवल इतिहास, संस्कृति, पुरातत्व र heritage conservation को committed academic expert को नाताले भन्दैछु !

नेपाल र नेपालीको निरन्तर जय होस् !!!!

क्याटेगोरी : विचार
ट्याग : #छाँया सेन्टर ठमेल, #छायाँदेवी, #टुकुचा, #डा. रमेश ढुंगेल, #मायादेवी मातृत्व अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com