भोक हडतालको सातौं दिन

डा. केसीको समर्थनमा धनरादेखि धनगढीसम्मका युवा सडकमा


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा. गोविन्द केसीले आमरण अनसन (भोक हडताल) थालेको आज सातौं दिन भएको छ । उनको स्वास्थ्य अवस्था जटिल अवस्थामा पुगेको छ ।

डा. केसीले अनसनका क्रममा उठाएका एजेण्डाहरुमाथि सरकारले अहिलेसम्म चासो देखाएको छैन । डा. केसीको तर्फबाट जीवन क्षेत्री, ओम प्रकाश अर्याल, प्रीतम सुवेदीलगायतलाई सरकारसँग वार्ता गर्न गर्ने अधिकार दिइएको छ । तर सरकारले अहिलेसम्म कुनै चासो नदिएको वार्ता टोलीका सदस्य शर्मा सुनाउँछन् ।

चिकित्सा शिक्षा सुधारका मागहरु राखेर सत्याग्रह सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनको समर्थनमा युवाहरू सडकमा उत्रिएका छन् । धरानदेखि धनगढीसम्मका युवाहरु डा.केसीको सत्याग्रहको समर्थनमा सडकमा उत्रिएका हुन् । धरान र धनगढीमा डा. केसीको समर्थनमा आज व्यापक जनप्रदर्शन सुरू भएको छ । डा. केसीको मागमा सरकार अनुहार देखिएको भन्दै सरकारको आलोचना समेत सुरु भएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #डा. गोविन्द केसी, #भोक हडताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com