डा. केसीलाई काठमाडौं ल्याउने तयारी, अपहरण नगर्न सरकारलाई चेतावनी


काठमाडौं । ९ दिनदेखि कैलालीको धनगढीमा आमरण अनसन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी भएको छ ।

स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई काठमाडौं ल्याएर थप उपचार गर्ने सरकारको तयारी छ । डा. केसीलाई काठमाडौं ल्याउन धनगढी एयरपोर्टमा सेनाको प्लेन आइपुगेको छ । तर डा. आज कुनै हालतमा पनि काठमाडौं नजाने अडानमा छन् ।

डा. केसीले उनका सहयोगीमार्फत जबरजस्ती रुपया काठमाडौं नलान सन्देश पठाएका छन् । यदि जबरजस्ती गरेमा यसलाई अपहरण मान्ने र त्यसकाविरुद्ध पनि लड्ने उनले बताएका छन् ।

यता डा. केसीका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com