यसकारण मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ


                                काठमाडौं ।   मानसिक स्वास्थ्य भन्नाले कुनै पनि मानसिक रूपमा नै स्वास्थ्य हुनु हो । मानसिक स्वास्थ्यले हाम्रो जीवनमा निकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ।

शारीरिक रुपमा मात्र स्वास्थ्य नभइ मानसिक रूपमा पनि स्वास्थ्य छैन भने उसलाई कहिल्यैँ पनि स्वस्थ मानिस मानिँदैन। शारीरिक रोगमा चोट बाहिरी रुपमा देखा परेको पाइन्छ भने मानसिक रोगमा चोट भित्रि गहिराइमा पुगेको पाइन्छ । अहिलेको अवस्थामा हेर्न हो भने हाम्रो नेपाली समाजमा पनि मानसिक तनाब नभएको व्यक्ति कमै हुने गर्छन् । धेरै किसिमका समस्याहरूले गर्दा मानिस मानसिक रुपमा पनि रोगी हुने गर्दछ ।

रोगको विश्वव्यापी बोझ 2019 को अनुमान छ कि नेपालमा डिप्रेसन विकार (मानसिक रोग विकार) दक्षिण एसिया क्षेत्रको 2.6% को तुलनामा 3.6% र विश्वव्यापी 2.5% नेपालमा पुरुषहरुको तुलनामा महिलाहरु मानसिक रोग विकारको उच्च व्यापकता (4.3% विरुद्ध 2.8%) र वृद्ध जनसङ्ख्यामा मानसिक रोग विकारहरूको उच्च प्रचलन छ ।

७.६ प्रतिशत रक्सी विकार महिलामाभन्दा पुरुषमा बढी देखिन्छ जुन मानसिक तनाबले गर्दा हुने गर्छ । नेपालमा आत्महत्या दर पनि महिलामाभन्दा पुरुषमा बढी देखिएको पाइन्छ । यो अवस्था कोभिड-19 महामारीको समयमा देख्न सकिन्छ ।

अहिलेको समयमा हेर्ने हो भने विषेश गरि मानसिक रोगीहरुको क्रम बढ्दो देखिएको छ। मानसिक रोगी भएको मानिसहरूले धेरै किसिमका नयाँ हर्कतहरु गरेको देखिन्छ । जस्तै आत्महत्या, आफूले आफूलाई चोट दिने काम गर्ने । धेरै मानिसहरू ऐनजाईटी र डिप्रेसनको शिकार भएका छन् । चिन्ता, बेरोजगारी, उदासिनता, असहायपन, गरिबी, वितृष्णा, अतिमहत्वाकांक्षा र असुरक्षाजस्ता कुरा मानसिक समस्या बढाउने तत्व हुन् ।

परिवारबीच मेलमिलापको वातावरण नहुनु, दम्पती यौन सम्बन्धबाट सन्तुष्ट नहुनु आदि कारणले पनि मानसिक समस्या थपेको पाइएको छ । त्यसैले मानसिक रोगलाई सानो कुरा नसोचे आफ्ना छोराछोरीको स्वास्थ्यको ख्याल गरौ र मानसिक रोगबाट बचाउँ । मानसिक रोगी भएका व्यक्तिहरुले मेडिटेसन गर्ने, व्यायाम गर्ने गनुपर्छ । मानसिक रोगीलाई कहिल्यै पनि एक्लै राख्नु हुँदैन र उनीहरूलाई सधै हौसला दिनुपर्छ । यसले मानसिक रोग नियन्त्रणका लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com