महिला र पुरुषमाथि हुने विभेदको अन्त्यका लागि पर्दाबाहिर आएँ : रेखा थापा


काठमाडौं । मैले कसैलाई बिभेद गर्न खोजेको हैन । तर, आफ्नो हक अधिकारका लागि लड्ने जो कोही नागरिकलाई अधिकार छ । चलचित्र क्षेत्र एउटा पुरुष प्रधान क्षेत्र हुुँदै गर्दा महिलाहरुलाई एउटा सिंगारिक क्षेत्रको रुपमा मात्रै प्रयोग गरिएको थियो । त्यस्तो विभेदकाबीचमा म चलचित्र क्षेत्रमा प्रवेश गरेर महिला पुरुष समानान्तर हुनुपर्छ भनेर निरन्तर आवाज उठाए । महिला आफैमा एउटा नायक हुन सक्छ भने लागे ।

महिला वस्तुको रुपमा प्रयोग गरिने चिज हैन । यो समाज र राज्यले पनि हरेक मानिसलाई समानान्तर व्यवहार गर्नुपर्छ । चलचित्र क्षेत्रमा रहेरै मैले धेरै परिवर्तन ल्याएको छु । मैले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको छु । २१ वर्ष सम्म चलचित्रका माध्यमबाट विभेदको अन्त्यका लागि लड्दा धेरै आलोचना खेप्नु परेको थियो ।

मेरो लागि आलोचना गौण विषय थियो । अहिले हरेक महिलाहरुको आत्ममा जागरण भएको छ । तर, यसले मात्रै पुग्ने अवस्था छैन । पर्दामा बिभेदको विषयमा निरन्तर सामाजिक रुपमा आवाज उठाउने रेखा बाहेक अरु नहुन सक्छन् ।

ट्याम्पोचालक महिला, प्रहरी प्रशासन भित्र महिलालाई गरिने विभेद वा समग्र समाजमा हुने महिला र पुरुष विभेद होस् उनीहरुमा हुने विभेद पर्दाबाट निरन्तर चिर्ने काम गरे ।

पर्दाबाट मात्रै विभेदको अन्त्य सम्भव नदेखेपछि पर्दा बाहिरको खुला मैदानमा जानुपर्छ र अन्याय अत्यचारविरुद्ध लड्नु पर्छ भनेर चुनावी मैदानमा छु । त्यसैले यसपटक म उमेदवार देखेर मतदाता थाक्ने काम हुन दिने छैन । म अब पर्दा बाहिरबाट महिला र पुरुषमा हुने सबै खाले विभेदविरुद्ध लड्ने छु ।

क्याटेगोरी : विचार
ट्याग : #रेखा थापा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com