निर्वाचनमा ३३ प्रतिशत महिला नहुनु लज्जाको विषय होः सुजाता


सुजाता कोईराला, पुर्व परराष्ट्रमन्त्री

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारका रुपमा मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचन लड्दैछु । यो निर्वाचन क्षेत्र बुबा गिरिजा प्रसाद कोईराला, हजुरबुबा कृष्ण प्रसाद कोईरालाले पनि प्रजातन्त्रका लागि विगुल फुकेको ठाउँ हो ।

नेपाली कांग्रेसले प्रत्यक्ष तर्फको ९१ सिटका लागि अधिकांश पुरुष उम्मेदवार मैदानमा पठाएको छ । ३३ प्रतिशत महिला अधिकारको कुरा गरेपनि मैदानमा ५ जना मात्रै महिला प्रत्यक्ष निर्वाचनका लागि चुनावी मैदानमा रहेका छन् ।

देशको तोकतान्त्रीक पाटीमा महिलाको अपमान हुनु गंभिर बिषय हो । ५ जना महिला मध्ये म एक हुँ । थोरै महिला प्रत्यक्ष निर्वाचनमा भाग लिएपनि म महिलाको हक हितमा निरन्तर लडिरहने छु । महिलाका लागि सिप मुलक कार्यक्रम लिएर आउँनेछु । आफै महिला भएको नाताले महिलाको समस्या राम्रोसँग बुझेकी छु । महिलाले महिलालाई भोट दिनेमा पनि म विश्वस्त छु ।

सबै पार्टीका महिलाहरुको समस्या एउटै छ । महिलाको समस्यामा पाटीगत भिन्नता छैन र हुदैन । त्यसैले सबै महिलाले मलाई जिताएर पठाउँनुहोस् । तपाईहरुको चाहना भन्दा बाहिर गएर काम गर्ने छैन । महिलाका लागि तन, मन धनले काम गर्ने छु । समग्रमा ३३ प्रतिशत महिला संसदमा पुर्याउन सकेका छैनौं ।

७७ जिल्लामा ५ जना महिलाले प्रत्यक्षमा निर्वाचन लड्न टिकट पाउँनु भनेको अत्यत्नै लज्जाको विषय हो । त्यसैले अब महिलाहरुलाई अगाडी बढाउनुको विकल्प छैन । महिलाको शसक्तिकरण र आर्थिक विकासका लागि अभियानहरु अगाडी बढाउनु पर्छ ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com