एपीएफ अस्पताल बनाउन भूमिका खेल्ने एसएसपी सुरेश पीओसी कोर्डिनेटरमा उत्कृष्ट


काठमाडौं । एपीएफ अस्पताल बनाउन भूमिका खेल्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ पीओसी कोर्डिनेटरमा उत्कृष्ट भइ छनौट भएका छन् ।

सयुक्त राष्ट्र संघबाट आव्हान गरिएको ग्लोबल भ्याकेन्सी अनुरुपको खुल्ला प्रतिष्पर्धाबाट प्रोटेक्सन अफ सिभिलियन साईट कोअर्डिनेटर (पि-४ तह) पदमा सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक सुरेश कुमार श्रेष्ठ उत्कृष्ट भई छनौट भएका हुन् ।

संयुक्त राष्ट्र संघको साउथ सुडान स्थित शान्ति स्थापना मिसन अन्तर्गत खाली रहेको POC Coordinator (P-4) पदमा सेप्टेम्बर २०२२ मा संयुक्त राष्ट्र सघं प्रहरी डिभिजन बाट गरिएको बिज्ञापनमा नेपालको तर्फबाट एसएसपी सुरेश कुमार श्रेष्ठले प्रतिस्पर्धा गरेकोमा हाल अन्य मुलुकका प्रतिस्पर्धीहरु मध्ये परिक्षाका विभिन्न चरण र अन्तर्वार्ताबाट उत्कृष्ट भई छनौट भएको छन् ।

संयुक्त राष्ट्र संघको साउथ सुडान शान्ति मिसनमा (P-4) तहको कुनै पनि पदमा हालसम्म कुनै पनि नेपाली अधिकृतहरु छनौट हुन सकेका थिएनन। हाल छनौट भएका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक सुरेश कुमार श्रेष्ठ सशस्त्र प्रहरी बलको खुल्ला प्रतिस्षर्धाबाट छनौट भएका अधिकृतहरुमध्ये समेत पहिलो ब्यक्ति हुन् । यो छनौट सशस्त्र प्रहरी बल र राष्ट्रकै लागि महत्वपूर्ण उपलब्धी भएको छ। नेपालका बिरलै अधिकृतहरुले मात्र संयुक्त राष्ट्रसंघको माथिल्लो तहमा रही काम गर्ने अवसरपाएका छन् ।

सशस्त्र प्रहरी बलको स्थापना भए पश्चात पहिलो ब्याजमा प्रहरी निरिक्षक पदमा भर्ना भई उक्त ब्याजका सर्वोत्कृष्ट भई प्रथम स्थान हासिल गर्न सफल भएको थिए। आफ्नो ब्याजमा सधै प्रथम स्थानमा रहेका एसएसपी सुरेश कुमार श्रेष्ठ साउथ सुडान मिसनमा १ बर्ष एफपीयू कमाण्डरको रुपमा काम गरिसकेका छन्। त्यसैगरि संयुक्त राष्ट्र संघ शान्ति स्थापना मिसन लाईबेरिया र संयुक्त राष्ट्र संघको सहयोग मिसन ईराकमा समेत नेपालको प्रतिनिधित्व गरि काम गरिसकेका अधिकृत हुन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com