एलिजा फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण


काठमाडौं । एलिजा फाउण्डेशनले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । फाउण्डेशनले तेह्रथुमको फेदाप गाउँपालिका–५ मा रहेको श्री सिंहदेवी आधारभूत विद्यालयका १२० जना विद्यार्थीहरुलाई आज न्यानो कपडा वितरण गरेको हो ।
फाउण्डेशनकी अध्यक्ष एलिजा गौतम र संरक्षक गीतादेवी भेटुवालले विद्यार्थीहरुलाई सोमबार आयोजित एक कार्यक्रमकाबीच ती न्यानो कपडा वितरण गरेका हुन् । फाउण्डेशनले शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीको क्षेत्रमा ठूलो मात्रामा सहयोग गर्ने घोषणा गरेअनुसार आज विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको जनाईएको छ ।
फाउण्डेशनकी अध्यक्ष एलिजाले फेशबुकमा लेखेकी छिन्–‘एलिजा फाउण्डेशनको तर्फबाट आज सानो सहयोग गर्न पाईयो । मन आनन्दित छ । फाउण्डेशनको स्थापनादेखि नै हामीले कुनै न कुनै रूपमा समाजमा योगदान पुर्याउँदै आएका छौं । आज तेह्रथुमको फेदाप गाउँपालिका–५ मा रहेको श्री सिंहदेवी आधारभुत विद्यालयका १२० जना विद्यार्थी भाइ÷बहिनीहरुलाई न्यानो कपडा प्रदान गरेका छौं । यो पुण्य कार्यमा जुटनुभएको विद्यालय व्यवस्थापन टिम, अभिभावक, शिक्षक तथा शिक्षिका सबैमा आभार व्यक्त गर्दछु । फाउण्डेशनकी संरक्षकसमेत रहनुभएको मेरो आमा गितादेवी भेटुवालको मार्गदर्शनलाई आत्मसात् गर्दै समाजसेवामा मेरा पाईला निरन्तर चलिरहने प्रण गर्दछु । भगवान श्री पशुपतिनाथले सबैको कल्याण गरुन् । सबैमा धेरै–धेरै धन्यवाद । एलिजा गौतम अध्यक्ष, एलिजा फाउण्डेशन ।’’

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com