स्पाइनल इन्जुरी भएकी घिमिरे सांसद बनिन्


काठमाडौं । स्पाइनल इन्जुरी भएकी लक्ष्मी घिमिरे प्रदेश सभा सदस्य (सांसद) बनेकी छिन् ।

स्पाइनल इन्जुरी भएकी घिमिरेलाई राप्रपाले बागमती प्रदेशमा समानुपातिक सांसद बनाएको हो । उनी स्पाइनल इन्जुरी भएकी पहिलो समानुपातिक सांसद बनेको राप्रपाले दाबी गरेको छ ।

‘शारीरिक अपांगता भएका सक्षम युवालाई प्रतिनिधिसभामा पनि प्रवेश गराउने सोच बनाएर राप्रपाले सूचीमा समावेश गरेको थियो’, राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले लेखेका छन्, ‘समानुपातिकको न्यून संख्या र क्लस्टरको बाध्यताका कारण यसपटक सम्भव भएन । आगामी दिनमा हाम्रो प्राथमिकता कमजोर हुने छैन ।’,

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com