दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला


काठमाडौं । कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदिमा मंसीर २४ गते फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको
छ ।
बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय उमेश गिरीको शव मंसीर २६ गते र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षिय जेसीबी चालक मंगल चुडारीको शव मंसीर २७ गते फेला परेकोे हो ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो । उनीसँगै दुर्घटनामा परी हराईरहेका सोही गाँउपालिकाका १९ वर्षिय रक्तिम सार्कीकोे खोजी कार्य जारी छ ।

यही मंसीर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं.३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदिमा खस्न गई दुर्घटना हुँदा जेसीबीमा रहेका ८ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु, ३ जना घाईते र ३ जना बेपत्ता भएका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com